२०७७ मंसिर २०, शनिबार

कान्तिपुर दैनिकका सम्वाददाता प्रकाश अधिकारीसँग

parksg
के छ खबर ?

ठीकै छ, नौलो केही छैन

आजभोली केमा व्यस्त हुनुहुन्छ ?

दैनिक न्यूज रिपोर्टिङमै व्यस्त हुन्छु   ।

तपाई जन्मिनुभएको हो कि जन्माइएको हो ?

जन्माइएको हो । बाबुआमाको इन्ट्रेस्ट नभएको भए मेरो जन्म सम्भव थिएन ।

तपाईको जन्म कसका निम्ति ?

आफ्नै निम्ति ।

कलेज पढ्दा कत्तिको आए लभलेटर ?

कलेज पढ्ने समयमा लभलेटरको जमाना गईसकेको थियो ।

आमा र प्रेमिकामध्ये एक जनालाई रोज्दा

आमा ।

तपाई हिड्दै गर्दा बाटोमा ५ केजी सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?

कसको होला भनेर सोधीखोजी गर्दै फिर्ता गर्छु ।

राज्यले तपाईलाई सञ्चारमन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?

आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई एउटा सम्मानित पेशाका रूपमा व्यवस्थापन गर्नतर्फ लाग्थे  ।

मनपर्ने खाना……..

सामान्य नेपालीले खाने जे हो मलाई नि मन पर्ने त्यही नै हो । भात, दाल, तरकारी ।

डान्सबारमा कतिको जानु भो नि ?

जादिन ।

मनपर्ने संगीत…….

पुराना गीतसंगीत नारायणगोपाल, नातीकाजी, फत्तेमान, तारादेवीका गीतहरू मन पर्छन् ।

मनपर्ने कपडा…….

खैरो रंगका सर्ट पाइन्ट ।

मन पर्ने ठाउँ……

पोखरा ।

मन पर्ने व्यक्ति…………

फलानो नै मन प¥यो भन्ने छैन ।

सेक्सप्रतिको तपाईको धारणा के छ ?

सेक्स जीवनको एक पक्ष हो । यसप्रति पे्रमपे्रमिकाबाहेक अरूलाई चासो हुनुहुदैन ।

नेपालमा सेक्स स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा कि विपक्षमा ।

हाम्रो समाजले स्वीकार गर्न सक्ने हदसम्म स्वतन्त्र भए केही फरक पर्दैन ।

जिन्दगीमा सबैभन्दा मजा के गर्दा आउछ ?

आफूले चाहना पूरा हुदा ।

जिन्दगीमा भुल्नै नसकेको क्षणलाई सम्झिंदा…….

त्यस्तो केही छैन ।

कहिलेकाही यो पत्रकारीता  पेशमा किन पेशातिर किन लागिएछ जस्तो लाग्दैन ?

सबैलाई आ–आफ्नो पेशाप्रति कहिलेकाही वितृष्णा जाग्छ । मलाई पनि कहिलेकाही त्यस्तै वितृष्णा जाग्छ ।

तपाईको अगाडि साक्षात् भगवान प्रकट भएर कुनै दुई चिज माग भने के–के माग्नुहुन्छ ?

भगवान्प्रति निरपेक्ष भाव राख्छु । माग्नेतर्फ मेरो ध्यान जादैन ।

मरेर भुत भएपछि कस्लाई तर्साउनु हुन्छ ?

भूतप्रेतप्रति मलाई रत्तिभर विश्वास लाग्दैन । त्यसैले तर्साउने भन्ने कुरै हुन्न ।