२०७७ मंसिर १३, शनिबार

भूकम्पबाट बच्ने तयारी थालौं – ‘सम्पादकीय’

नेपालमा भूकम्प गएको समयका हिसाबले वर्षभन्दा बढी भएपनि भूकम्पको पिडाका हिसाबले अहिले पनि ताजै छ । हामीले गर्न सक्ने सानातिना खालका उपायका बारेमा न कहिल्यै बोल्यौँ, न हामीले कहिल्यै समिक्षा र छलफल ग¥यौं । लामो समपछि ठूलै भूकम्प आयो र देशमा १० औं हजार मान्छेको क्षति सँगै खर्बौ रूपैयाँको क्षति गराएर गयो । अहिले पनि क्षति व्यहोरेका धेरै सर्वसाधारणहरू पालमा बसिरहेका छन ।

त्यो पिडा काठमाडौं र आसपासका जिल्लाहरूले धेरै भोगे, व्यहोरे । अब यस्तै प्रकारको समस्या पश्चिम नेपालले पनि भोग्नेवाला छ । ढिलो चाँडो हामी पनि भूकम्पको उच्च जोखिममै रहेको क्षेत्र भएका हिसाबले पनि यस्तो समस्याहरू आउन सक्ने अध्ययनहरूले देखाएका छन् ।

६ नम्बर प्रदेशको केन्द्रका रूपमा विकास भईराखेको यहाँको वीरेन्द्रनगर उपत्यका लगायतका क्षेत्र भूकम्पीय सुरक्षाका हिसाबले उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न अध्ययनहरूले वीरेन्द्रनगर क्षेत्र र अन्य केही क्षेत्रहरू उच्च जोखिममा रहेको देखाएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ । भौतिक पूर्वाधार र अव्यवस्थित सहरले गर्दा पनि वीरेन्द्रनगर उच्च जोखिममा रहेको भूकम्प मापन केन्द्र, सुर्खेतको भनाइ छ ।

१९ औं भूकम्प सुरक्षा दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूको सबैको चिन्ता अब हामी जोखिममा त छौँ, यस्को समाधानतर्फ पनि लाग्नुपर्छ भन्ने नै रह्यो । सबैको चासो र चिन्ता यदि त्यसै हो भने अहिलेदेखि नै आम नागरिकलाई सचेत बनाउनेदेखि भूकम्प प्रतिरोधी भौतिक संरचनाहरू निर्माणमा जोड दिईनुपर्छ । अनुगमन गर्ने र नियमन गर्ने निकायले पनि आउन सक्ने डरला ग्दा अवस्थाहरूका े म ध्यनजर गर्दै अहिलेदेखि तयारी गर्न जरूरी छ । त्यसका लागि स्थानीय स्तरका सबै प्रकारका संयन्त्रहरू प्रयोग र परिचालन जरूरी छ । कुनै पनि हालतमा हामीले भूकम्प व्यहोर्नेवाला छौँ । त्यो संकटलाई कसैले पनि टार्नेवाला छैन । त्यसका लागि सचेत हुने हामी नै हो र पूर्व तयारी तथा भूकम्पीय जोखिमबाट बच्न अपनाउने उपायका बारेमा छलफल गर्ने र सचेत रहने पनि हामी नै हो, अहिलेदेखि नै तयार होऔँ ।