२०७७ मंसिर ९, मंगलवार

राम्रो नतिजा ल्याउनका लागि मेहनत, लगनशिल हुनुपर्छ

kaiहरेक विद्यार्थीका आ–आफ्नै चाहना हुन्छन् । सबै विद्यार्थीहरूलाई एउटै किसिमको वातावरण मन पर्दैन । विद्यालयको वातावरण, विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफ्ना सन्तानप्रति दर्शाउने अभिभावकत्वजस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रश्नहरू तेस्र्याउँछौ । केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिधित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनिधि पात्रका रूपमा सुर्खेत क्याम्पस (शिक्षा)मा बिएड द्वितीय वर्षमा अध्ययनरत छात्र कैलाश ऐडीलाई भेटाएका छौ । प्रस्तुत छ, ऐडीसँग इनयाँ नेपालकर्मी नरजन तामाङ्गले गरेको कुराकानीको संक्षेप

कस्तो चल्दैछ पढाई ?
अहिले सुर्खेत शिक्षा क्याम्पसमा अध्ययनरत छु । पढाई राम्रैसँग चलिरहेको छ ।
पढाई कस्तो भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
पढाई भन्नाले त मेहेनत, लगनशिल, प्रगतिशिल, सिकारू, सक्षम शिक्षकहरू केन्द्रित भई लाग्न अति आवश्यक छ । पढाई, पढाई मात्र नभई व्यवहारमा लागू गरेका भईदिएको भए सम्पूर्ण विद्यार्थी साथीहरूको भविष्य उज्ज्वल हुने थियो ।
स्वअध्ययन कतिको गर्नुहुन्छ नि ?
विद्यार्थी भइसकेपछि स्व–अध्ययन त्यति नै आवश्यक हु्न्छ । क्याम्पसमा मात्र पढेर हुदैन, स्व–अध्ययन हुनै पर्छ । विशेषगरी तल्लो तहका विद्यार्थीहरूले आफ्नो लागि पढनुपर्ने हुनाले स्व– अध्ययनमा ध्यान दिनुपर्छ ।
अहिलेको सुर्खेत क्याम्पस (शिक्षा)को जुन वातावरण छ, यो वातावरण पढाईको लागि कस्तो लाग्छ नि ?
अहिले सुर्खेत शिक्षा क्याम्पसमा भएको वातावरण अति नै राम्रो हो । किनकी विशेषगरी शिक्षामा रूचि हुन सार्थीहरूका लागि म त भन्छु भने यदि असल शिक्षक हुनुछ भने सुर्खेत शिक्षा क्याम्पस पढाईको लागि राम्रो छ । अब क्याम्पसमा पढ्ने भईसकेको भएपछि विद्यालयको पढाई जस्तो हुदैन । सुर्खेत शिक्षा क्याम्पस पढाईको लागि ज्यादै राम्रो छ ।
कुन शिक्षकले पढाएको तपाईलाई राम्रोसँग बुझे जस्तो लाग्छ ?
सबै शिक्षकहरू राम्रै पढाउनु हुन्छ । तर शिक्षकले पढाईसकेपछि नरटी केही सीप लाग्दैन । मेरो विषय विज्ञान भएको हुदा विज्ञान विषयका सर शिवराज घिमिरे, ओमप्रसाद न्यौपानेले पढाएको राम्रो बुझिन्छ ।
तपाई भविष्यमा के बन्न चाहनुहुन्छ ?
भविष्यमा पढेर असल शिक्षक बन्न चाहन्छु । सम्पूर्ण जनताका छोराछोरीहरूलाई अन्धकारबाट मुक्त बनाउने उद्देश्य हो ।
राम्रो विधार्थीमा हुनुपर्ने गुणहरू के–के हुन् ? राम्रो नतिजा ल्याउन कसरी सफल भइन्छ जस्तो लाग्छ ?
असल हुनु आवश्यक नै छ । अनुशासित, राम्रो व्यवहार भएको हुनुपर्छ ।
अब राम्रो नतिजा ल्याउनका लागि मेहनत, लगनशिल हुनुपर्छ । राम्रो नतिजाको लागि किताबी ज्ञानभन्दा पनि चौतर्फी ज्ञान हुनु पर्छ ।
तपाईलाई सुर्खेत क्याम्पस (शिक्षा)का मन नपर्ने पक्षहरू के के हुन् ?
सुर्खेत शिक्षा क्याम्पसका शौचालयको अवस्था देख्दा साह्रै दयनीय अवस्था छ । त्यसैगरी सरहरू समयमा पढाउन नआउने, यही नै हुन् ।
तपाईका क्याम्पसका राम्रा पक्षहरू के–के हुन् ?
गुणस्तरीय शिक्षा भएको शिक्षाप्रति विशेष जोड दिइन्छ । निजी संस्थाका कलेजजस्तो हुदैन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको, न्यून आयश्रोत भएका विद्यार्थीहरूले शिक्षा लिन पाउन विज्ञान विषयमा महिनामा ५ सय मासिक फिमा पढ्न पाइने यिनै हुन् ।
तपाईले अरू साथीहरूलाई के सुझाव सल्लाह दिन चाहनु हुन्छ ?
न्यून आयश्रोत भएका सार्थीहरूका लागि यो शिक्षा क्याम्पस ज्यादै अनुकूल छ । आर्थिक अवस्था कमजोर विद्यार्थीहरू शिक्षा क्याम्पसमा पढ्न आउनु होस्, हाम्रो शिक्षा गुणस्तरीय छ, निजी भन्दा कम छैन भन्न चाहन्छु ।