२०७७ माघ ११, आईतवार

लक्षित वर्गको सहभागितामा योजना छनौट गर्नुपर्न

सुर्खेत , माघ ४ । योजना छनौटका क्रियाकलापहरू सञ्चालन गर्दा लक्षित वर्गहरूलाई अनिवार्यरूपमा जानकारी गराई योजना छनौटका काममा सहभागी गराउनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

उनीहरूले लक्षित वर्गका लागि आएको बजेट अन्यत्रै खर्च हुने गरेको भन्दै योजना छनौटका समयबाटै सम्बन्धित निकायका व्यक्तिहरूलाई सहभागी गराउनुपर्नेमा जोड दिएका हुन् ।

बस्ती स्तरदेखि नै योजना छनौट गर्दा र बजेट दुरूपयोग हुन नदिन कार्यविधि अनुसारकै योजनामा मात्र खर्च गर्ने र कार्यविधि विपरित खर्च गर्नेलाई दण्डित गर्ने गरी प्रभावकारीरूपमा योजना छनौट कार्य सम्पन्न गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

स्थानीय निकाय स्रोत परिचालन कार्यविधि विपरित बजेट अन्यत्र खर्च हुँदा बजेटको दुरूपयोग हुने भन्दै उनीहरूले महिला, बालबालिका, दलित, आदिवासी, जनजाति, अपाङ्ग, जेष्ठ नागरिक तथा पिछडा वर्गको क्षमता विकासको लागि स्थानीय निकायले छुट्याउने ३५ प्रतिशत उक्त क्षेत्रहरूमै खर्च गर्नका लागि स्थानीय नाग िरकहरू सचेत हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

लैङ्गिक उत्तरदायी बजेट मोडेलको अनुकूलन तथा पुनरावृत्ति पैरवीका लागि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको २ दिने कार्यशालाका सहभागीहरूले लक्षित वर्गका लागि आउने बजेटलाई अन्यत्रै खर्च गरिने समस्यालाई अन्त्य गर्नका लागि स्थानीय स्तरका नागरिकहरू सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।