२०७७ मंसिर १५, सोमबार

मिर्गाैलापीडित छात्रालाई एक लाख सहयोग

सुर्खेत, माघ ५ । एस्ओएस् हर्मन माइन र मावि वीरेन्द्रनग र–३, कालागाउँमा कक्षा ९ मा अध्ययनरत छात्रा पुष्पा चौधरीको दुवै मिर्गाैला खराब भएर काठमाडौंमा उपचाररत रहेको बेला खर्च अभाव भएपछि उनी पढ्ने विद्यालयले एक लाख बढी सहयोग गरेको छ ।

बुधबार विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र एस्ओएस् बालग्राम तथा एस्ओएस् सामाजिक सेवा केन्द्रले एकमुष्ठ एक लाख २ हजार ८ सय ७० रुपैयाँ सङ्कलन गरेको थियो । विद्यालयका प्रिन्सिपल हिक्मतबहादुर वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् एस्ओएस् बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले छात्राका काका प्रेम चौधरीलाई सो रकम प्रदान गरेका छन् । विद्यालयबाट ७५ हजार २ सय ७५ रुपैयाँ, एस्ओएस् बालग्राम र एस्ओएस् सामाजिक सेवा केन्द्रबाट २३ हजार ५ सय ९० रुपैयाँ, अभिभावक नमिता गिरीबाट ४ हजार ५ रुपैयाँ सहयोग प्राप्त भएको थियो । निर्देशक गिरीले दुःखमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएकोले थोरै रकम भएपनि आफ्नो छात्रालाई सबैले मिलेर सहयोगको गरिएको बताए ।

उनले छात्रा चौधरी छिटो निको होऊन् भनी प्रार्थना गरिरहेको जनाए । विद्यालयका प्रिन्सिपल वलीले आफ्नो छात्राको रकम अभावमा उपचार गर्न कठिनाइ भएकोले सम्पूर्ण विद्या र्थी, शिक्ष् ाक कर्मच ा री, अभिभावकहरुबाट रकम सङ्कलन गरी सहयोग प्रदान गरिएको बताए । उनले छात्रा चौधरीको उपचारका लागि विद्यालयले सहयोग अभियानसमेत सञ्चालन गर्ने जानकारी उनले दिए । अभिभावक बालाराम शर्मा र नमिता गिरीले दुवै मिर्गौला खराब भइ उपचार गराइरहेकी बालिकालाई बचाउनका लागि सवैले सक्दो सहयोग गर्नुपर्ने सुझाव दिए ।

छात्रा पुष्पाका काका प्रेम चौधरीले काठमाडौंमा पुष्पाको उपचार भइरहेको र आर्थिक अवस्था ज्यादै दयनीय भएकोले पहिलोपटक यति धेरै आर्थिक सहयोग प्राप्त भएकोमा खुशी प्रकट गरे । गत असारदेखि गम्भीर बिरामी भएपछि पुष्पालाई काठमाडौंमा उपचार गराउँदा दुवै मिर्गाैला खराब भएको पत्ता लागेको थियो । वीरेन्द्रनगर–२०, कोलडाँडामा बस्ने पुष्पाको पारिवारिक अवस्था कमजोर छ । अहिलेसम्म ऋण सापटी र सरसहयोग गरी तीन लाख रुपैयाँ उपचारमा सकिएको जानकारी दिंदै प्रेम चौधरीले विस्तृत रिपोर्ट आउन बाँकी रहेकोले अझै कति रकम लाग्ने हो थाहा नभएको बताए । विद्यालयले बालिकाको नाममा खाता खोलेर सहयोग अभियान चलाउने जनाएको छ ।