२०७७ मंसिर १४, आईतवार

अटिजमसम्बन्धी अभिमुखीकरण

Untitled-1सुर्खेत, माघ ५ । अटिजमसम्बन्धी एक दिने अभिमुखीकरण सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अटिजम केयर नेपाल सोसाईटीको आयोजना तथा अटिजम डेनमार्कको सहयोगमा उक्त अभिमुखीकरण सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा अटिजम केयर नेपाल सोसाइटीका कार्यक्रम संयोजक सुरेन्द्र बज्राचार्यले अटिजमका बारेमा विविध जानकारी दिएका थिए । उनले अटिजम समस्याबाट नेपालमा ३ देखि ४ व्यक्तिहरु प्रभावित अनुमान गरिएको जानकारी दिए ।

सन् २०१४ को नयाँ तथ्याङ्कअनुसार हरेक ६८ जना बच्चाहरु मध्ये १ जनालाई अटिजम भएको तथ्याङ्क रहेको उनको भनाई छ । बज्राचार्यका अनुसार भारतमा ८ करोड मानिसमा अटिजम भएको अनुमान गरिएको छ । यस्तै, श्रीलङ्कामा भने २ लाख मानिसहरु अटिजमको सिकार भएको तथ्याङ्क रहेको छ । बज्राचार्यका अनुसार अटिजम जन्मजात भएको समस्या हो । र अटिजम भएका व्यक्तिहरु जीवनभर नै अपाङ्गतामै रहन्छन् ।

विश्वमा जन्मिने ६८ जनामा शिशुहरु मध्य हरेक १ जनामा अटिजम हुने भन्दै अटिजमको समस्या महिलाहरुमा भन्दा पुरुषहरुमा ५ गुणा बढी पाइने गरेको बज्राचार्यले जानकारी दिए । उनले भने, अटिजम कुनै मानसिक अपाङ्गता र बौद्विक अपाङ्गता पनि होइन । तर पनि ४० प्रतिशत अटिजम भएका व्यक्तिहरुमा बौद्विक कमजोरी भने देखिएको छ । उनका अनुसार हालसम्म अटिजमको कुनै ठोस उपचार विधि पत्ता लागेको छैन ।

उनले भने, ‘‘हालसम्म पनि अटिजमको निधानका लागि कुनै ठोस विधि पत्ता लगाउन नसकिए पनि सही थेरापीद्वारा उनीहरुको अवस्थामा थुप्रै सुधार ल्याउन सकिन्छ ।’’ धेरैजसो अभिभावकवर्गको चासो बच्चा १८ महिना देखि २ वर्ष पुग्दा देखिएको पाइएको भन्दै अभिभावकहरु बच्चाको स्वास्थ्यप्रति गम्भीर हुनका लागि आग्रह गरेका छन् । हरेक वर्ष यसको वृद्धि १७ देखि १८ प्रतिशतले बढ्दै गइरहेको जानकारी दिदैँ अटिजम भएका व्यक्तिहरुलाई परिवारको साथ सहयोगको आवश्यकता पर्ने भएकाले उचित ध्यान दिनका लागिसमेत आग्रह गरेका छन् ।