२०७७ मंसिर १४, आईतवार

संविधान कार्यान्वयनका लागि महिलाहरुको धर्ना

16176296_1826860804229018_1009065742_nसुर्खेत, माघ ६ । संविधानको पूर्ण कार्यान्वन र स्थानीय तहको चुनाव छिटो हुनुपर्ने दबाब दिन सुर्खेतमा महिलाहरुले शान्तीपूर्ण धर्ना दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको कार्यालयमा पुगी सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का महिलाहरुले धर्ना दिएका हुन् । संविधान निर्माण भएको झण्डै डेढ वर्ष पुगिसक्दा पनि कार्यान्वन पूर्ण रुपमा नभएको भन्दै महिलाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय जनप्रतिनिधि नहुँदा स्थानीय निकायका कार्यालयको काम प्रभावकारी नभएको भन्दै तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै शान्तीपूर्ण रुपमा दबाब दिएको वामका कार्यकारी निर्देशक मधुरानी ढकालले बताइन ।

उनले स्थानीय तहको चुनावमा महिलाहरुले पनि चुनाव लड्न पाउने वातावरण श्रृजना हुनुपर्ने बताँइन । वाम संस्थाका कार्यक्रम संयोजक लालबहादुर जीएमले संविधानको पूर्ण रुपमा कार्यान्वन गरी महिलासँगै अन्य पिछडिएका वर्गलाई नेतृत्वमा पु¥याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले महिलाहरुको माग जायज भएको भन्दै लिखित रुपमा नै माग भयो भने सम्बन्धित निकायसमक्ष पेश गर्ने बताए ।