२०७७ माघ ५, सोमबार

विद्यालय सरसफाइ अभियानबारे– ‘सम्पादकीय’

बालबालिकालाई व्यवहारिक ज्ञान सिकाउनेभन्दा पनि हामी सैद्धान्तिकीकरणतर्फ अग्रसर भईरहेका हुन्छौँ । खाली किताबको किरो बनाउने र सबै विषयमा परीक्षामा पहिलो बनाउने दौडमा लागिरहँदा कैयौं दैनिक जीवन व्यवहारमा भोग्नुपर्ने र गर्नुपर्ने कामहरु नगरेरै समय बर्बाद भईरहेको हुन्छ ।

फलस्वरुप विद्यार्थीले दैनिक जीवन व्यवहारका कुरा भुल्दै गईरहेको हुँदैन, कतिपय सिक्दै सिक्दैन कतिपय भने सैद्धान्तिक कुराले उस्को सबै दैनिक जीवन व्यवहारमा एकलकाटे बाटो तय गरिरहेको हुन्छ । मूलतः सबै बालबालिकाहरुका लागि दैनिक जीवन व्यवहारमा चाहिले आधारभूत बानी व्यहोराहरु सिकाउँदै लैजानुपर्छ । दैलेखमा सरसफाइसम्बन्धी गरिएको विद्यालय गतिविधिले राम्रो सन्देश दिएको छ ।

बालबालिका विद्यार्र्थीको ज्ञान, धारणा र सीपमार्फत् अभ्यासमा परिवर्तन ल्याउने उद्देश्यका साथ सुरु भएको यो विद्यालय सरसफाइ अभियानले अहिले दैलेख जिल्लाका करिब १५ हजार बालबालिकामा स्वास्थ्य तथा सरसफाइमा परिवर्तन आएको छ । २५ गाविसका एक सय ७६ गाविसका १४ हजार ८ सय ३२ जना छात्रछात्राहरु लाभान्वित भएका छन् । यसमध्ये ७ हजार ६ सय ५९ जना छात्रा र ७ हजार एक सय ७३ जना छात्रहरु छन् ।

बालबालिकाहरु सरसफाइ मात्र नभई पौष्टिक आहाराको महत्व र आवश्यकताका बारेमा पनि जानकार भएका छन् । कार्यक्रम लागू भएका विद्यालयहरुमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, खाजा व्यवस्थापन समिति, खाजा ढुवानी समिति, वडा नागरिक मञ्च, स्वयम्सेविका, नागरिक समाज, आदिको प्रतिनिधित्व रहने गरी विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेको छ ।

ति समितिहरुमार्फत् घरायसी र वातावरणीय सरसफाइ, पौष्टिक आहारको महत्व र आवश्यकताको बारेमा जानाकारी गराउने गरिएको छ । त्यसले स्थानीय अभिभावकलाई समेत सघाउ पुग्ने गरी काम गरिएको छ । फोहोरका कारणले लाग्ने धेरै रोगहरुको समाधान भनेको सरसफाइमा ध्यान दिनु नै हो । यदि त्यसो हो भने यो अभियानलाई सहयोग गर्ने र जिल्लाभरी नै यसका कार्यक्रम विस्तार गर्दा सबै प्रकारका फाईदाहरु हुन सक्छन् ।