२०७७ मंसिर १६, मंगलवार

गर्भवती महिलालाई चुरोट बेच्न नपाइने

smoking-1-e1484880931306-358x300काठमाडौं । दाल-चामल र चुरोट एउटै पसलमा अब नपाइने भएको छ । सरकारले चुरोट र खैनी बिक्रीसम्बन्धि नियमलाई अझ कडा बनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुर्तीजन्य पदार्थ बिक्रीका लागि सरकारबाट स्वीकृति लिनुपर्ने र अलग पसल सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. रामेश कोइरालाका अनुसार आगामी चैत १ बाट निर्णय कार्यान्वयन हुने छ ।

किराना पसल, पान पसल तथा बाटोमा राखिने नाङ्लो पसलबाट अब चुरोट बिक्री गर्न पाइने छैन । यस्तै १८ वर्षमुनिका बालबालिकालाई चुरोट बिक्री गर्न नपाइने प्रावधानलाई अझ कडाइ गरिने डा.कोइरालाले बताए । त्यस्तै गर्भवती महिलालाई समेत चुरोट बेच्न प्रतिबन्ध लगाएको छ ।

यो नियम लागू भएसँगै खुल्ला रूपमा चुरोट बिक्री गर्न पाइने छैन ।

Source onlinedabali.com