२०७७ मंसिर १३, शनिबार

प्रचण्ड ३९ औं प्रधानमन्त्री बायोडाटा सहित

Prachandaकाठमाडौं, साउन २० ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।  बुधबार व्यवस्थापिका संसदमा भएको मतदानमा बहुमत सदस्यको समर्थनका पाएर उनी निर्वाचित भएका हु्न ।

प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा खसेको कुल पाँच सय ७३ मत मा प्रचण्डको पक्षमा तीन सय ६३ र विपक्षमा दुई सय १० मत खसेको थियो । मतपरिणाम सुनाउँदै सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएको संसदलाई जानकारी गराएकी थिइन । नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेदवार खडा नगरेपछि प्रचण्ड एक्ला उम्मेद्वार बनेका थिए ।

प्रचण्डको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्ताबक रहेका थिए भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका थिए । प्रचण्डलाई भोट हाल्ने दलहरुमा काँग्रेसका २०७, माओवादी केन्द्रका ८०, संसघीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक) का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) का तीन, थरुहट तराई पार्टी दुई, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद रहेका छन् ।

यस्तै परिवार दललगायतका केहि एक सिट दलले पनि प्रचण्डको पक्षमा मतदान गरेका थिए । संसदमा एमाले र राप्रपा नेपालसहितका साना दलहरुले भने विपक्षमा मतदान गरेका थिए ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि विसं २०६५ साउन ३१ गते पहिलो पटक प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए । कम्युनिष्ट राजनीतिबाट आएका नेताहरुमध्येबाट दुई पटक सम्म प्रधानमन्त्री बन्नेमा प्रचण्ड पहिलो नेता भए । यसअघि कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई र केपी ओली एक–एक पटक प्रधानमन्त्रीमा निर्वा्चित भएका थिए ।

प्रचण्डको बायोडाटा
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड)
बाबुको नाम ः मुक्तिराम दाहाल
–आमाको नाम ः भवानी दाहाल
–श्रीमति ः सीता दाहाल (२०२६ मा विवाह)
–जन्मस्थान ः ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल
–जन्म मिति ः २०११ साल मंसिर २६ गते
–६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान
–बसाँइ सराई २०१९ सालमा ढिकुर पोखरी –२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको ।
– छोरीहरु ः ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
–छोरा ः प्रकाश दाहाल
–भाई ः गंगाराम दाहाल
– बहिनीहरु ः अप्सरा भण्डारी, सीता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
– प्राथमिक शिक्षा ः महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी
–माध्यामिक शिक्षा ः नारायणी विद्या मन्दिर मा.वि., शिवनगर
– आई.एस्सी. ःपाटन संयुक्त क्याम्पस
– वि. एस्सी., एजी.ः रामपुर कृषि क्याम्पस
–अध्यापन ः नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, डण्डा मा.वि., नवलपरासी, भीमोदय मा.वि., आरुघाट, गोरखा
–कर्मचारी सेवा ः यू.एस.एड २०३२

राजनैतिक जीवन
२०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता
२०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन
२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश ÷२०३५ सालमा पूर्णकालीन
२०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वा्चित
२०३८ सालमा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव
भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म
२०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
२०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वा्चित – पाँचौ महाधिवेशनबाट
२०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य
२०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री
२०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री
२०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री
२०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष
२०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
२०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक
२०६४ चैत्र २८ मा भएको संविधानसभा निर्वाचनामा काठमाडौं १० रोल्पा २ वाट विजय
२०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वा्चित प्रधानमन्त्री
२०६६ बैशाख २० मा प्रधानमन्त्रीवाट राजीनामा
२०६९ मा हेटौडा महाविधेशनबाट पार्टी अध्यक्ष
२०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी
२०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष
२०७३ जेठमा पार्टी एकता, पार्टीको नाम माओवादी केन्द्र
२०७३ साउन १८ मा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता
२०७३ साउन १९ मा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित