२०७७ मंसिर १६, मंगलवार

जापानी नागरिकद्वारा जिल्लाको विद्यालयहरुको भ्रमण

IMG_1991रौतहट ७ माघ ।जिल्लाको आधारभुत विद्यालय पोखरिया तेजापाकडमा आज एक कार्यक्रमका बीच जापानका सहयोगीदाता यासुओ बाबालाई जिल्ला शिक्षा अधिकारी राम बिनय सिंहले सम्मान गर्नु भएको छ ।

सन २००८ मा जापानी नागरिक यासुओ बाबाले रौतहटको तीन वटा विद्यालय निर्माणका लागि प्लान ईन्टरनेशनल नेपाल मार्फत गर्नुभएको सहयोगका लागि निजलाई सम्मान गरिएको हो । सन २००८ मा जापानी नागरिक मासाओ र यासुओ बाबा मिलेर जिल्लाको तेजापाकड, धर्मपुर र पौराईमा ३।३ कोठे पक्की विद्यालय भवन निर्माणका लागि सहयोग गरेका थिए ।
सन २००९ मा जापानी नागरिक यासुओले आफ्नो सहयोगमा निर्मित भवनहरुको स्थलगत निरिक्षण गरि सकेका थिए । तर गत वर्षको बिनाशकारी भुकम्पपछि ती भवनहरुको अवस्था बुझ्न पुणः नेपाल आएको उनले बताए । निजले यस पटक पनि पुणः तीन वटै विद्यालय भवनहरुको निरिक्षण गर्ने कार्यक्रम रहेको उनले बताए । भ्रमणका क्रममा आज आधारभुत विद्यालय पोखरिया तेजापाकडमा बोल्दै उनले भने, हाम्रो सहयोग नेपालका बालबालिकाहरुको शैक्षिक विकासका लागि निरन्तर रुपमा रहनेछ । त्यस्तै उनले बालबालिकाहरुलाई विद्यालयमा पढेर नरम स्वभाव राख्न र सधैं कृयाशिल भईरहनका लागि प्रेरित गरे ।
कार्यक्रममा अभियान नेपालका अध्यक्ष तथा स्थानिय समाजसेवी शत्रुधन सिंहले विद्यालयको स्थापना काल देखि हाल सम्मको प्रगतिहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै तेजापाकडमा प्लान ईन्टरनेशनल नेपालले काम गर्नु पूर्व र काम थालि सकेपछिका २२ वर्षको शैक्षिक विकासहरुका बारेमा समेत सिंहले कार्यपत्र मार्फत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको बालबालिकाहरुको शैक्षिक विकासका लागि जापानी नागरिकले पु¥याएको योगदानको कदर गर्दै समुदायको तर्फबाट दोसल्ला ओढाएर यासुओलाई सम्मान गरिएको थियो । त्यस्तै जिल्लाको विभिन्न विद्यालय भवनहरु निर्माणका लागि सहयोग पु¥याए वापत जिशिअ सिंहले दोसल्ला ओढाएर तथा प्र्रंसषापत्र प्रदान गरेर यासुओलाई सम्मान गरेका थिए । त्यस्तै जिशिअ सिंह, प्लानका नेत्र प्रसाद उपाध्याय लगायतकाले जापानी नागरिकको सहयोगको प्रसंषा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश सिंहको अध्यक्षतामा भएको थियो भने विशेष अतिथिको रुपमा जिल्ला शिक्षा अधिकारी रामबिनय सिंह, प्लान ईन्टरनेशनल नेपालका फिल्ड कार्यालय प्रमुख नेत्र प्रसाद उपाध्याय, जीवनाथ पराजुली, गा.वि.स. सचिव सत्येन्द्र झा, अभियान नेपालका शत्रुधन सिंह, जितेन्द्र प्रसाद कुशवाहा, रिपोर्टस क्लब नेपाल रौतहट शाखा तथा मधेश प्रदेश अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेल लगायत स्थानिय अभिभावकहरु तथा बालबालिकाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
जापानी नागरिक यासुओ बाबा आजै आधारभुत विद्यालय धरमपुर धनाडीको भ्रमण समेत गर्नु भएकोछ । त्यस्तै भोली महेन्द्र मावि रैयाटोल पौराईको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । भ्रमण पश्चात निजले रौतहटमा पुणः विद्यालय भवन निर्माणका लागि सहयोग गर्न सक्ने बिचार ब्यक्त गर्नुभएको छ । निजको लगानीमा निर्मित विद्यालय भवनहरु पुर्णत भुकम्प प्रतिरोधात्मक र बाल मैत्री रहेको तथा आगामी दिनमा पनि त्यस्तै भवनहरु निर्माणका लागि रौतहटमा सहयोग गर्न सक्ने बताउनु भयो ।