२०७७ माघ ३, शनिबार

विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन हुँदैन – पूर्व गृह मन्त्री बस्नेत

16215822_1211182775661664_1987360481_nसुर्खेत, माघ ७ ।नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व गृह मन्त्री शक्तिबहादुर बस्नेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई राजनीतिको अखडा बनाउन नहुने बताएका छन् ।

माओवादी केन्द्र निकट प्राध्यापक संगठन नेपाल प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यायका तेस्रो सम्मेलनको उद्घाटनमा सहभागी हुन आएका बस्नेतले यस्तो बताएका हुन् ।

विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएर अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने भन्दै राजनीतिलाई निषेध गर्न भने नहुने बताए । राजनीतिले शैक्षिक नीति निर्माणमा भूमिका खेल्ने गरेको भन्दै उनले शिक्षा क्षेत्र मै राजनीति गर्नु भने उपयुक्त नहुने बताए । उनले प्रदेश नं. ६ मा अवस्थित मप विश्वविद्यालयको समृद्धि यो प्रदेशको समृद्धिसंग जोडिएको भन्दै यहाँको आर्थिक, सामाजिक विकासका लागि मप विश्वविद्यालयको विकास हुनुपर्ने बताए ।

त्यसका लागि विश्वविद्यालयका पदाधिकारीहरुले शिषक, प्राध्यापक, कर्मचारीहरु र विद्यार्थीहरु सबैका सुझावका आधारमा अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

unnamed - Copyविश्वविद्यालयलाई कता लैजाने भन्ने विषय पदाधिकारीहरुले सोच्नुपर्ने विषय भएको भन्दै उनले अन्य सरोकारवालाहरुलाई पनि सहयोगीका रुपमा लिन सक्नुपर्ने बताए । सबैले विश्वविद्यालयलाई सहयोग गर्नुपर्ने भन्दै पूर्व गृह मन्त्री बस्नेतले सहयोगको नाममा अन्धभक्त भने हुन नहुने बताए ।

कार्यक्रममा विशेष अतिथीका रुपमा रहेका मप विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालालले विश्वविद्यालय रहे मात्रै सबै रहने भन्दै विश्वविद्यालयलाई स्थापित गर्नपर्ने बताए । उनले केपी ओलीको सरकारले भन्दा प्रचण्ड नेतृत्वको सरकारले धेरै सहयोग गर्ने बचन पाएको र सोही अनुसार काम पनि भइरहेको भन्दै विश्वविदालयको लागि सबैको सहयोगको खाँचो रहेको बताए ।

कार्यक्रममा सहभागी पूर्व गृह मन्त्री शक्ति बस्नेतको तारिफ गर्दै कोइरालाले आपूहरुले बनाएको रणनैतिक योजनालाई कार्यान्वयन गर्न सबैमा आव्हान समेत गरे । उनले आफू कुनै दलको सिफारिसले नभई क्षमताले उपकुलपति बनेको भन्दै सबैको हितको लागि काम गर्ने बताए ।

यस्तै मप विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले मप विश्वविदालयलाई राम्रो बनाउने र जनताको विश्वविद्यालय बनाउने प्रयास गरिएको बताए । सबैको स्वामित्व सहितको विश्वविद्यालय बनाउने प्रयास गरिएको उनको भनाई छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सहसंयोजक रमेश भट्टराईले शिक्षकहरुले विचार निर्माण गर्नुपर्ने भन्द्यै त्यही विचारले नै विश्वविद्यालयको उन्नती र शैक्षिक उन्नती हुने बताए । यस्तै संगठनका अर्का सहसंयोजक विष्णु खनालले पनि एउटै प्रकारका जनशक्ति निर्माण गर्ने विश्वविदालय भन्दा पनि फरक फरक जनशक्ति उत्पादन गर्न सक्ने विश्वविद्यालयहरु स्थापना गर्नुपर्ने बताए ।

संगठनका अर्का सहसंयोजक उमेश लम्सालले नयाँ स्रोतसहित नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्ने भन्दै भएकालाई टुक्र्याउन नहुने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता माया प्रसाद शर्मा, अन्य नेताहरु, मप विश्वविद्यालयका विभिन्न संकायका डीन, क्याम्पस प्रमुखहरु विभिन्न पेसागत प्राध्यापक संगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
संगठनका मप विश्वविद्यालयका संयाजक भिम खड्काको सभापतित्वमा भएको कार्यक्रमले नयाँ नेतृत्व चयन गर्दै समापन हुने जनाइएको छ ।