२०७७ माघ ७, बुधबार

निजामति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा सापकोटा

सुर्खेत, ७ माघ । निजामति कर्मचारी यूनियन बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको अध्यक्षमा मेघनाथ सापकोटा चयन भएका छन् ।

सहकारीको शुक्रबार वीरेन्द्रनगरमा भएको ७ औं वार्षिक साधारण सभाले उपाध्यक्षमा पदम केसी, सचिव चर्तुभुज गौतम, कोषाध्यक्ष ओम चपाई तथा सदस्यमा सीता खत्री, माया चौधरी, मोहन राना, रंगवीर रोकाय, दिर्घ पोखरेल, तीलाराम चौधरी र प्रेमबहादुर सिंह रहेका छन् ।

त्यस्तै सभाले तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ । खगेन्द्र भट्टराई संयोजक रहेको लेखा समितिमा काशी भट्टराई र अमृत प्याकुरेल सदस्य रहेका छन् । सभामा सहकारीले हालसम्म झण्डै ३६ लाख रुपैयाँ बचतसँगै ३० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारी अनुसार उक्त लगानी सदस्यका छोरीछोरी पढाउन र घर व्यवसाय सञ्चालनमा लगाईएको छ ।