२०७७ माघ ९, शुक्रबार

घटनाको छानविन माग गर्दै दिपकराजले दिए प्रहरीमा उजुरी

DEEPAK-RAJ-GIRIकाठमाडौं, ८ माघ । कलाकार दीपकराज गिरीले प्रहरीमा उजुरी दर्ता गराएका छन् । चलचित्र छक्कापन्जा पाइरेसी प्रकरणमा एक युवाले आत्महत्या गरेसँगै विवादमा तानिएका गिरीले आत्महत्याको घटना र पाइरेसीको निश्पक्ष छानबिनको माग गर्दै महानगरीय प्रहरी बृत्त गौशालामा शनिबार उजुरी दर्ता गराएका हुन् ।

नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीको आत्महत्या गरेपछि उनी विवादमा तानिएका हुन् । सुवेदीलाई छक्कापन्जा फिल्म पाइरेसी गरेको आरोप लागेको थियो ।

घटनाको सत्यतथ्य छानविन होस भन्दै गिरीले प्रहरीमा उजुरी दिएको बताएका छन् । khabardabali