२०७७ मंसिर १३, शनिबार

लिङग पहिचान गरी भूर्ण हत्या गर्ने क्रम बढ्यो लिंग पहिचान गरी हुने भूर्ण हत्या रोक्न प्रतिबद्धता

sishu (1)सुर्खेत, माघ ८ । पछिल्लो समय लिंग पहिचान गरी गर्भ मै भूर्ण हत्या गर्ने क्रम बढेको भन्दै यहाँका सरोकारवालाहरुले त्यसलाई रोक्नुपर्ने बताएकाछन् । सरोकारवालाहरुले यस्तो कार्य रोक्न सबैले सहयोग गर्नुपर्ने भन्दै प्रतिबद्धता गर्दै सुझाव समेत दिएका छन् ।

‘‘बाधाहरु तोडौ शिशु बालिका अधिकारको संरक्षण गरौ’’ भन्ने मुल नारा सहित बालबालिकाको निम्ती १० वर्षे राष्ट्रि कार्ययोजना निर्माणका लागि सुझाव संङकलन तथा लिङ्ग पहिचान र शिशु बालिका विरुद्ध हुने विभेद न्यूनिकरणका लागि सरोकारवाला बिच भएको कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

सिविन नेपालको आयोजना, कृपाको साझेदारी र यूरोपियन कमिशनको आर्थिक सहयोगमा भएको गोष्ठीमा सहभागीहरुले बालबालिका माथि गरिने भेदभाव तथा हिंसाको लागि सबै पक्ष एकजुट भएर त्यसको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले पछिल्लो समय लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरुको संख्यामा अझै बृद्धि भएको भन्दै यसको न्यूनिकरणको लागि कानुनको प्रभावकारी कार्यान्वय र अनुगमन हुनुपर्ने बताएका थिए । सिविन नेपाल सुर्खेतका कार्यक्रम संयोजक शुभेक्षा खड्काले लिङ्गको पहिचान गरी भूर्णको हत्या गर्नेको संख्यामा बृद्धि भएको बताइन् । कानुनी रुपमा लिङ्ग पहिचान गर्न नपाइने प्रावधान भएता पनि त्यसको कार्यान्वय हुन नसक्दा नजन्मदै धेरै शिशुबालिकाहरुको हत्या गरिएको उनको भनाई थियो ।

कार्यक्रममा लिङ्ग पहिचान र शिशु बालिका विरुद्ध हुने विभेद न्यूनिकरणका लागि जनचेतनामूलक डकुमेन्ट्रीको पनि प्रर्दशनी गरिएको थियो । कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।