२०७७ माघ १२, सोमबार

सल्लिबजारबाट एभरेष्ट बैंकको सेवा सुरु

16237108_733139496838224_647728295_n (1)सल्यान (सल्लिबजार)  माघ ८ । सल्यानको सल्लि बजारमा एभरेष्ट बैंकको शाखा रहितको वैकिङ सेवाको शनिबारबाट सुरु भएको छ । देवस्थल गाउँ विकास समिति वडा न ६ को सल्लिबजारमा बैंकले शनिबार एक कार्यक्रमबीच सेवा सुरु गरेको हो ।

बैक सञ्चालनमा आएसँगै सल्यान, सर्खेतका दुई दर्जन भन्दा बढी गाविसका सेवाग्राहीले सेवा पाउने भएका छन । शाखा रहित वैकिङ सेवाको उद्घाटन गर्दै नेपालगञ्ज एभरेष्ट वैकका प्रवन्धक लबप्रसाद कुइकेलले निकट भविश्यमा नै शाखा स्थापना गर्नका लागि तयारी स्वरुप शाखा रहित वैकिङ सेवा सञ्चालनमा ल्याएको बताए । विश्वको जुनसुकै कुनाबाट छिटो, छरितो र भरपर्दो माध्यमका रुपमा यस वैकिङ सेवालाई लिई पैसा झिक्न र पठाउन सकिने उनको भनाई छ ।

कार्यक्रममा सहभागिहरुले सल्लीबजारमा तत्काल वैकको आवश्यता भएकाले शाखा राख्न आग्रह गरेका छन । उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय वादेपिपल राकमका प्रहरी निरिक्षक नेत्र बहादुर बोहरा, कोहलपुर उद्योग बाणिज्य संघका सदस्य नविन खड्का, समाजसेवा कृति बहादुर राना, देवस्थल गाविस सलेपा घनश्याम विसी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका सदस्य भुपाल साहु, नेपाल रेडक्रस सोसाइटी सल्यानका सदस्य गणेश विसी लगायतले शुभकामना दिएका थिए ।

सल्लीबजारमा बैंक सञ्चालनमा आएसँगै सल्यान सदरमुकाम, नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता हटेको छ । बैंकका सल्लिबजारका प्रतिनिधी वीर बहादुर सार्कीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण कोहलपुर एभरेस्ट बैकका प्रमुख श्यामसुन्दर पाण्डे गरेका थिए ।