२०७७ माघ ३, शनिबार

मोडेल कलेजमा हाजिरिजवाफ प्रतियोगिता

सुर्खेत, माघ ८ । सुर्खेत मोडेल कलेजमा जिल्ला स्तरको मावि स्तरिउय हाजिरिजवाफ प्रतियोगिता भएको छ । कलेजको छैठौं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा जिल्लाका १७ माध्यामिक विद्यालयहरुमा अध्ययनरत ५१ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

प्रतियोगीतामा ईन्टरनेशनल को–अपरेटिभ एकेडेमी वीरेन्द्रनगर–३ कालागाउँको समूह प्रथम भएको छ । प्रथम हुने समूहमा राजेन्द्र शाही, दिनेश शाही र रोशनी कुमारी खत्री सहभागी थिए । चिल्ड्रेन प्याराडाईज माध्यामिक विद्यालय, वीरेन्द्रनगर–१० का सनत चन्द, राम बोहरा र खड्गराज थापाको टिम द्वितीय भएको छ ।

धनन्जय रिजाल, रविन्द्र थापा र रामबहादुर धामी रहेको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयको इत्रामको टिम तृतीय भएको छ । शैलेन्द्र रिजाल, सुनिल रिजाल र चन्द्रावती ढकाल रहेको जन माध्यामिक विद्यालयको टिम शान्त्वना भएको छ ।

कलेजले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्ने छ । जसमा प्रथमलाई ८ हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ४ हजार पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ । उक्त पुरस्कार कलेजको छैठौं बार्षिक उत्सवको दिन माघ १६ गते वितरण गरिने छ । प्रतियोगिता क्याम्पस प्रमुख गणेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।