२०७७ मंसिर ९, मंगलवार

चुरिचुलामा युवराज गौतम

सुर्खेत, माघ ८ । चरिचुलाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गर्दै जुरिचुला वचत तथा ऋण सहकारी संस्था लिमिटेड सहारे सुर्खेतको आठाँै वार्र्षीक चुनावी साधारणसभा शनिबार सुर्खेतको बोटेचौरमा सम्पन्न भएको छ ।

जसको उपाध्यक्षमा टेकबहादुर बुढा, सचिवमा लालबहादुर डिसि, कोषाध्यक्ष्यमा लक्ष्मी थापा रहेका छन् । यस्तै सदस्यहरुमा खीमबहादुर वली, गोमती वली, चन्दा विक, केशरी वली माया घर्ती रहेका छन् । यस्तै यसोधरा डिसिको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । त्यस्तै उक्त साधारणसभामा संस्थाका अध्यक्ष युवराज गौतमले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी थापाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्ला सहकारी सघ सुर्खेतका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर वलीको प्रमुख आतिथ्यता तथा, संस्थाका अध्यक्ष युवराज गौतमको अध्यक्षता तथा जिल्ला वचत संघ सुर्खेतका सदस्य देवेन्द्र शाहको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।