२०७७ मंसिर १४, आईतवार

परीक्षा मर्यादित बनाऊ– ‘सम्पादकीय’

परीक्षा आउनासाथ सबैभन्दा पहिले परीक्षाको समग्र प्रणाली र परीक्षाको विश्वसनीयतामा प्रश्नचिन्ह आउने गर्छ । यसका लागि परीक्षा प्रणाली मर्यादित बनाउनेदेखि यसको विश्वसनीयतामा ख्याल गर्न थालिएको छ । जिल्ला शिक्षा कार्यालय, सुर्खेतले यसका बारेमा छलफलसँगै चिन्ता पनि प्रकट गर्न थालेको छ ।

र यो वर्षको वार्षिक परीक्षालाई मर्यादित र विद्यार्थीमैत्री बनाउने तयारीसमेत गरेको छ । आगामी चैत ३ गतेदेखि सुरू हुने कक्षा १० को विद्यालय शिक्षा परीक्षा र अन्य कक्षाका वार्षिक परीक्षालाई मध्यनजर गर्दै सरोकारवालाहरूबीच छलफल र अन्तरक्रिया गरी परीक्षा मर्यादित बनाइने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

परीक्षालाई सु–सम्पन्न गराउनका लागि जिल्ला शिक्षा कार्यालयल े निर्वाचन क्ष ेत्र स्त रीय प्रधानाध्यापकहरूको बैठक गरिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ । यसका लागि यही माघ २१ गते क्षेत्र नं. ३ को गुठुमा प्रधानाध्यापकहरूको बैठक हुनेछ । यस्तै, माघ २३ गते क्षेत्र नं. २ को जन माध्यामिक विद्यालय र क्षेत्र नं. १ को आनन्द माध्यमिक विद्यालय, गुमीमा प्रधानाध्यापकहरूको बैठक डाकिएको छ ।

यस वर्ष सुर्खेतबाट साढे ९ हजार विद्यार्थीहरूले विद्यालय शिक्षा परीक्षामा सहभागिता जनाउँदैछन् । यो वर्ष सुर्खेतबाट ९ हजार पाँच सय ९ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय, सुर्खेतले जनाएको छ । अघिल्ला वर्ष जिल्लामा परीक्षामा चिट चोर्नेदेखि ढुङ्गामुढासमेत हुने गरेको थियो । अहिले यस्तो हुन नदिनका लागि विभिन्न छलफल र अन्तरक्रियाले निश्चय पनि सहज वातावरण सिर्जना हुनेछ । यसका लागि आशा गरौं, जिशिकाले सबैसँग पहल गरोस् । जिल्लाको आगामी परीक्षा मर्यादित र विश्वसनीय होस् ।