२०७७ मंसिर १६, मंगलवार

नेरा मावि नेटाको अध्यक्षमा गणेश

सुर्खेत, माघ ११ ।नेपाल राष्ट्रिय माध्यामिक विद्यालय नेटा–७ मा मंगलबार विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ ।

सर्वसम्मत रुपमा गणेश बहादुर नेपालीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । मंगलबार नै बसेको अभिभावकहरुको भेलाले नेपालीलाई सबैसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नेपालीले यस अघि नै विद्यालयको लागि योगदान गरेका थिए ।

विद्यालय भवन निर्माण लगायत शैक्षि गुणस्तर बृद्धिका लागि समेत उनले १२ वर्षदेखि विद्यालयको अभिभावकको रुपमा काम गर्दै आएका थिए ।

यस्तै समिति सदस्यहरुमा मनबहादुर रासकोटी, तीला खत्री, डिलबहादुर शाही, हरिदेवी खत्री, पर्शराम मर्साङगि, भूपेन्द्र श्रीस, कर्णकली सिँजाली र सदस्य सचिवमा विद्यालयका प्राध्यानाध्यापक चन्द्रबहादुर थापा रहेकाछन् ।