२०७७ मंसिर १०, बुधबार

सुर्खेतमा स्ववियुको सरगर्मी सुरु चुनावममा होमिए विद्यार्थी संगठनहरु

16237211_1215470875232854_655620834_n सुर्खेत, माघ ११ ।त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने घोषणा गरेपछि सुर्खेतमा चुनावी सरगर्मी सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा ८ वर्ष पछि स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थीहरु चुनावमा होमिएका छन् ।

स्ववियु निर्वाचनको मिति नजिकिएपछि यहाँका स्थापित विद्यार्थी संगठनहरु क्याम्पसहरुमा केन्द्रित भएकाछन् । नेपाली काँग्रेसको नेपाल विद्यार्थी संगठन, नेकपा (एमाले) को अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरु निर्वाचनमा होमिएका हुन् ।

केन्द्रमा नेपाल विद्यार्थी संगठनले २८ वर्षे उमेर हदबन्दी नमान्ने तर्क गरिरहे पनि सुर्खेतमा नेपाल विद्यार्थी पनि क्याम्पसहरुमा प्रवेश गरेर चुनावी माहोलमा होमिएको छ । यस बाहेक नेपाल मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संगठन पनि चुनावमा होमिएको छ ।

विद्यार्थी संगठनहरुले विशेष गरेर सुर्खेत क्याम्पस (शिक्षा) मा आफ्ना चुनावी क्रियाकलापलाई केन्द्रित गरेकाछन् । विद्यार्थी संगठनहरुले क्याम्पसको गेट कुर्न थालेका छन् । विहानदेखि साँझासम्म विद्यार्थी नेताहरु क्याम्पस मै ब्यस्त देखिन थालेका छन् । विद्यार्थी संगठनहरुलाई अहिले क्याम्पसमा संगठन विस्तारका लागि भ्याइनभ्याइ छ । विद्यार्थी संगठनहरुले हरेक दिन क्याम्पसमा आफ्नो संगठनको कमिटी गठन गरिरहेका छन् ।

16237956_1215470835232858_1649106033_nविशेष गरी अहिले अखिल (क्रान्तिकारी), अनेरास्ववियु र नेपाल विद्यार्थी संगठनले नै क्याम्पसमा कमिटी गठन गर्नेदेखि विद्यार्थी भेटघाट कार्यक्रम गरिरहेकाछन् । क्याम्पसमा क्रान्तिकारी विद्यार्थी संघले पनि कमिटी गठन गरिरहेको जनाएको छ । विद्यार्थी संगठनका नेताहरुले आफूहरु निर्वाचनमा होमिसकेको भन्दै आफ्ना गतिविधिहरुलाई क्याम्पसमा केन्द्रित गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) को अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश जि.सी.ले आफ्नो संगठन ब्यापक रुपमा चुनावमा होमिएको बताए । उनले आफ्नो संगठनले त्रिविको २८ वर्षे उमेर हदबन्दीको स्वागत गर्दै निर्वाचनमा होमिएको बताए । ‘‘हामीले त्रिविको निर्णयको स्वागत गर्दै निर्वाचनमा संगठनलाई केन्द्रित गरेका छौं,’ उनले भने–‘हाम्रो संगठन पूर्ण रुपमा क्याम्पसहरुमा प्रवेश गरिसकेको छ ।

विशेष गरी सुर्खेत क्याम्पस शिक्षामा आफूहरु केन्द्रित भएको भन्दै उनले शिक्षा क्याम्पसमा लामो समयदेखि आफूहरुको संगठन मात्रै विद्यार्थीको माझमा सक्रिय भएकोले विजय समेत निश्चित भएको बताए । क्रान्तिकारीले सदरमुकाम बाहिर रहेका विद्यालयहरुमा पनि संगठन विस्तारसंगै चुनावी कार्यक्रम सुरु गरिसकेको छ ।

यस्तै नेपाल विद्यार्थी संगठनले पनि आफूहरु चुनावमा केन्द्रित भएको बताएको छ । सुर्खेत क्याम्पस शिक्षाका नेविसंघका कार्यबहाक सभापति राजकुमार सिजापतिले नेविसंघ क्याम्पसमा प्रवेश गरेर चुनावी माहोल सिर्जना गरिसकेको बताए । उनले दैनिक कमिटी गठन गर्ने काम गरिएको बताए । केन्द्रमा उमेर हदबन्दीमा केही असहमति देखिएको भएपनि आफूहरु उमेर हदबन्द राख्नुपर्ने र सोही अनुसार निर्वाचन गर्नुपर्ने पक्षमा रहेको समेत बताए । त्रिविको निणय मान्य भएको भन्दै उनले आफूहरु निर्वाचनमा होमिएको बताए ।

यता नेकपा एमालेको अनेरास्ववियुले पनि आफूहरु क्याम्पसहरुमा प्रवेश गरिसकेको जनाएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रेम खड्काले आफूहरु सदरमुकामका क्याम्पसमा केन्द्रित भइसकेको भन्दै केही दिनमै सदरमुकाम बाहिरका क्याम्पसहरुमा पनि जाने बताए ।

उनले जिल्लामा अनेरास्ववियुको पकड राम्रो भएको दावी समेत गरे । स्ववियु निर्वाचन नजिकिएपछि तीन वटा विद्यार्थी संगठनहरुले आफूहरुलाई पहिलो दावी गररहेकाछन् । विशेष गरी सुर्खेतमा त्रिवीको मुख्य क्याम्पसका रुपमा रहेको सुर्खेत क्याम्पस शिक्षामा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमालेको अनेरास्ववियु र काँग्र्रेसको नेविसंघले आफूहरुको संगठन बलियो भएको दावी गरेकाछन् ।