२०७७ मंसिर १०, बुधबार

एमालेको प्रशिक्षण सुरु

सर्खेत माघ ११ । नेकपा एमालेको ४ महिले अभियान अन्र्तगत क्षेत्र नंम्बर १ सुर्खेतको प्रशिक्षण कार्यक्रम पूर्वी सुर्खेतको काप्रिचौरमा सुरु भएको छ ।

राष्ट्रिय एकता,सम्बृद्धि,स्वाभिमान,संबिधान कार्यान्वयनका लागी एमालेको अभियान भन्ने नाराका साथ सुरु भएको प्रशिक्षणमा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको छ ।

प्रशिक्षणको उदघाटनमा पोलिटब्युरो सदस्य यामलाल कडँेलले संबिधान कार्यान्वय नगरीकनै संशोधन गर्न लाग्नु सत्ताधारी दलहरुको गैर जिम्मेवार कदम रहेको बताएकाछन् । यस्तै केन्द्रिय सल्लाहकार समितीका सदस्य दलबहादुर सुनारले एमालेदे पेश गरेको नीती तथा कार्याक्रम अन्र्तगतनै देशमा बिकासका कामहरु अगाडी बढीरहेको दाबि गरे ।

जिल्ला कमिटी सुर्खेतका अधयक्ष धु्रबकूमार शाहीले सुर्खेतका जनप्रतिनिधिहरुले बिकासका लागी कुनै पनि उल्लेखनीयक काम गर्न नसकेको दाबि गरे । कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य बालाराम शर्मा,सुखेृतका सचिव मोहन बडुवाल, अनेरास्ववीयु मध्यपश्चिम बिश्वबिद्यालयका राष्ट्रिय कमिटी अध्यक्ष गगनसिंह ठकुरी लगायतले आफनो भनाई राखेका थिए ।