२०७७ माघ ७, बुधबार

जाजरकोटमा ५ सय ६५ गाडी ट्राफिक कारवाहीमा

Gadhiजाजरकोट माघ १० ।ट्राफिक नियम उलङ्घन गर्ने झण्डै ५ सय ६५ गाडी ट्राफिक कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०७३÷७४ को साउन महिना देखि हाल सम्म ट्राफिक उलङ्घन गर्ने ५ सय ६५ गाडी कारबाहीमा परेका हुन् ।

२०७३ साउन महिनामा ७३ वटा, भदौ महिनामा ९३ वटा, असोज महिनामा ८३ वटा, कात्तिकमा ८४ वटा, मंसिरमा १ सय १६ वटा, पुस महिनामा ७९ वटा र माघ महिनामा ३७ वटा गाडी कारबाहीमा परेको ट्राफिक कार्यालय जाजरकोटका प्रहरी नायब निरिक्षक गोपालपप्रसाद शर्माले बताए ।

त्यस्तैगरी ट्राफिक नीयम उलङ्घन गर्ने ५ सय ६५ वटा गाडीबाट ३ लाख १५ हजार राजश्व संकलन गरिएको प्रहरी नायब निरिक्षक शर्माले जानकारी दिए ।