२०७७ माघ ४, आईतवार

अहिलेको अवस्थामा संविधान संशोधनको पक्षमा छैनौं -प्रजापति

sunipनेपाल मजदुर किसान पार्टी नेपालको एउटा वामपन्थी राजनैतिक दल हो । यो दलले विभिन्न समयमा विभिन्न अडानहरू लिंदै आएको छ । नेपालको भक्तपुर क्षेत्रमा मात्र सीमित भनिने यो दलले नेपालको विभिन्न जिल्लामा आफ्नो संगठन स्थापना गरेको छ । नेपालमा संविधान बनिसकेपछि त्यसलार्इ सबै पक्षबाट स्वीकार नगरिसकिएको अवस्थामा सरकारले संविधान
संशोधनको प्रस्ताव ल्याएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी लगायतका अन्य दलहरूले यो संशोधनको विपक्षमा आवाज उठाइरहेका छन् । यसैक्रममा पार्टी कार्यक्रमको लागि सुर्खेत आउनुभएका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिसँग संविधान संशोधन, देशको समसामयिक अवस्था लगायतका विषयमा ईनयाँ नेपालकर्मी नरजन तामाङले कुराकानी गरेका छन् । प्रस्तुत छ, प्रजापतिसँग गरिएको कुराकानीको सम्पादित अंश-

नेपाल मजदुर किसान पार्टीले ४३ औं स्थापना दिवस पनि मनायो । यो पार्टीलाई भक्तपुरमा मात्र सीमित पार्टी भनिन्छ नि, यसबारेमा प्रष्ट पारिदिनुहोस् न ?

हामीले ३० वटा जिल्लाहरूमा यस्तै कार्यक्रम गरिरहेका छौँ । विरोधीहरूले भक्तपुरमा मात्र सीमित भनेर प्रचार गरिराखेका छन् । हाम्रो मजदुर किसान पार्टीको विचार अन्त फैलियोस् भनेर नियमित गरिराखेको हो । तर विरोधीहरूले त्यसरी हाम्रो प्रचार गर्दैमा रोकिंदैन । गएको निर्वाचनमा ५० वटा जिल्लाहरूमा प्रत्यक्षरूपमा उम्मेद्वारी दियौँ । तर प्रत्यक्षरूपमा १ सिट जित्यौँ, सबै क्षेत्रमा त्यत्तिकै क्षमता हुन्छ भन्ने होइन । निर्वाचनमा पैसाको खेलमेलो हुन्छ । शक्तिको दुरूप्रयोग हुन्छ । सत्ता, शक्ति सबैको कारणले निर्वाचनमा त्यो असर पर्छ । यदि इमान्दारीपूर्वक पैसाको खेलोमेलो नगरिकन शक्तिको दुरूपयोग नगरिकन निर्वाचन गर्ने हो भने कर्णाली अञ्चलको धेरै जिल्लाहरूमा हामीले जित्छौँ । जुम्ला, कालिकोटमा कुनै हालतमा अन्य दलहरूले हामीलाई हराउन सक्दैनन् ।

कर्णाली अञ्चलमा हामीलाई कसैले हराउन सक्दैन भन्नुहुन्छ । के छ कर्णाली अञ्चल जित्ने आधार ? संगठन नै बलियो छैन ?

नेपाल मजदुर किसान पार्टीले दुई पटक जितेको थियो । उदाहरण नै छ । एकचोटी २०४८ सालको निर्वाचनमा डिल्लीबहादुर महतले जित्नुभएको थियो, २०५२ सालको निर्वाचनमा भक्तबहादुर रोकायाले जित्नुभएको थियो । अहिले पनि प्रतिस्पर्धीकै रूपमा थियौँ । कालिकोटमा केही मतले मात्र हा¥यौं, निरन्तर हामी अगाडी बढिरहेका छौ । अलि पूँजीपति पार्टीहरूले धेरै पैसाहरू खर्च गर्ने, लाखौंको कुरै छोडौं, करोडौं खर्च गरिरहेका थिए । तपाई सञ्चारमाध्यमका साथीहरूले थाहा पाउनुभएकै छ, नेपाल मजदुर किसान पार्टी आर्थिकरूपमा कमजोर छ । विचारको राजनीति गर्छ, पैसाको राजनीति गर्दैन । तपाईको भाषण सुन्दा त साह्रै जनताको हितकारी निम्ति थियो ।

अहिले जनताले नयाँ संविधान पाइसकेपछि फेरि आएको देशघाती संशोधन विधेयक खारेजको माग गर्नु हुन्छ ? किन ?

संविधान भनेको कार्यान्वयन नभएको अवस्थामा संशोधन गर्ने विषय हो । संविधान संशोधन गर्नै हुँदैन भन्ने हाम्रो विचार होइन । संविधान कार्यान्वयन गर्दै जाँदा कहाँ–कहाँ अप्ठयाराहरू आउँछन्, त्यो त गतिशिल दस्ताबेज नै हो । हामीले प्रयोग गरिसकेपछि हामीले लुगा लगाएर हेर्नुपर्छ ।

लुगा नमिलेको ठाउँमा काट्नै पर्छ, मिलाउनै पर्छ, जुत्ता किनेर ल्याएपछि नलगाई मिल्दैन भनेर काट्यौँ भने हाम्रो जुत्ताको स्थिति के होला ? अथवा जुत्ता हे¥यौं, खुट्टा काट्न थाल्यौँ भने अहिले केही प्रतिशतले असन्तुष्टि जारी गर्दैमा संशोधन गर्नु भनेको भारतसँग आत्मसमर्पण गर्नु हो ।

त्यसकारण सोच्नु पर्छ अहिले मधेसीहरू भनेका अगाडी देखिएका पार्टीहरू मात्र हुन् । यथार्थ भन्ने हो भने भारत त्यो पछाडी छ । त्यसकारण भारतकै मागहरू पूरा गर्नकै निम्ति दलहरू अगाडी बढिरहेका छन् । त्यसैले हामीहरू भन्छौँ नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको हिसाबमा हेर्ने हो भने अहिले जो चार वटा पार्टीहरू छन् । तिनीहरूका मागहरू छन्, तिनीहरू कुनै हालतमा नेपाल, नेपाली जनताको हितमा छैनन् ।

नेपाल मजदुर किसान पार्टी पनि ठूलो पार्टी नै हो । सबै दलहरूसँग सहकार्य, सहमति गरेर अघि बढ्नुपर्ने पार्टी किन सधैं बाधक भएर बस्नु हुन्छ ?

पार्टी भनेको विचार हो, संस्था होइन । नेपाल मजदुर किसान पार्टीसमाजवादी झण्डा बोक्ने, नेपाली कामदार जनतालाई शासन सत्तामा पु¥याउने उद्देश्यले अगाडी बढिरहेको छ । त्यसकारण यो स्थितिमा हामीले के बुझ्न आवश्यक छ भने नेपाली काँग्रेस भनेको पूँजीवादी पार्टी हो ।


 जनताको सम्पत्ति भागवण्डा गर्ने होइन, यो त गलत हो, विरोध गर्छाैं । यसकारण तिनीहरू देशको सम्पत्ति डकैती गर्ने मान्छेहरूसँग हाम्रो विचार मिल्दैन । एमाले, काँग्रेस ठूलो संख्यामा भए पनि वैचारिक र सैद्धान्तिकरूपमा सिध्सिके । त्यसैले उनीहरूले विदेशीहरूको स्वार्थमा गएर संविधान संशोधन ल्याएको हो ।

नेपाल मजदुर किसान पार्टी अबको आउँदै गरेको निर्वाचन प्रक्रियामा भाग लिने की विरोध गर्दै बाहिर बस्ने हो नि ?

नेपाल मजदुर किसान पार्टीले निर्वाचन आयोगमा दर्ता गरेको छ, दर्ता भएकै दल हो । निर्वाचनमा जाने, सकेको ठाउँमा जित्ने नै हो, नसकेको ठाउँमा प्रतिस्पर्धा गर्ने हो । प्रतिस्पर्धामा पनि उत्रिन नसकेको ठाउँ प्रचार गर्ने हो, विचार व्यक्त गर्ने हो । त्यसैले यो चुनावमा भाग नलिने भन्ने प्रश्न नै छैन । नेपालको वामपथी आन्दोलनमा हेर्ने हो भने नेपाल मजदुर किसान पार्टीले नै अरू पार्टीहरूलाई निर्वाचनमा भाग लिएर देश जनतालाई सेवा गर्नुपर्छ भनेर बाटो देखाएको हो ।


जनताको बीचमा आफ्नो विचार, सिद्धान्तको प्रचार हुनुपर्छ भनेर लाग्यौँ । यो पछाडि अहिलेका एमाले त्यतिखेरका तत्कालिन माले आए, त्यसबेलाका तत्कालिन माओवादी भनौँ वा मसाल भनौँ, तिनीहरू पनि आए । बाटो देखाएर पनि निर्वाचन गर्न सकिन्छ र सेवा दिन सकिन्छ भन्ने पार्टी नै नेपाल मजदुर किसान पार्टी नै हो । आगामी निर्वाचनमा पनि नेपाल मजदुर किसान पार्टी वैचारिक प्रस्तुतीका निम्ति सैद्धान्तिक लडाइँ लड्छ ।

माथिल्लो कर्णालीको विरोध गर्दै आएको तपाईको मजदुर किसान पार्टीे सफल हुन्छ जस्तो लाग्छ ?

सबैभन्दा माथिल्लो कर्णालीको विषयमा सबैभन्दा बढी विरोध गर्ने भनेकै नेपाल मजदुर किसान पार्टी हो । नेपाल मजदुर किसान पार्टीले माथिल्लो कर्णालीजस्ता योजनाहरू हाम्रो देशको सम्पत्तिले नै बनाउनुपर्छ । नेपाली नागरिकहरूले नै बनाउनु पर्छ भनेको साथसाथै विदेशीहरू जिएमआर कम्पनी थियो, त्यो त प्राईभेट कम्पनी हो । नाफा लिएर भारतीय सरकारले होइन, भारतीय एजेन्ट कम्पनीले नाफा लिने हो । त्यो भारतीय कम्पनीलाई दिनुभन्दा नेपाली जनतालाई दिनुपर्छ, नेपालीले प्रयोग गर्नुपर्छ भनिरहेका छौँ । जग्गाजमिन, वनजंगल नास हुने नेपालीकै हो, त्यसपछि त्यो ड्याम बने पनि नेपालमै हुन्छ । त्यसको प्रयोग र नाफा लिने भारतीय कसरी हुन सक्छ ? त्यसकारण नेपाल मजदुर किसान पार्टीले माथिल्लो कर्णालीजस्ता योजनाहरू नेपाल सरकारले आफैं बनाउनु पर्छ, त्यसैले


त्यसरी नै भारतीय विस्तारवादबाट भारतीय जनता सचेत भएर अगाडी आउने छन् । भारतीय जनताहरूले भारतीय सरकारको विरोध गर्नेछन् । नेपाल पनि हाम्रो असल मित्र हो भनी असल मित्रको रूपमा व्यवहार गर्नेछन् । त्यतिबेला नेपाली जनताको जित हुनेछ ।

संविधान संशोधनमा जानु भयो भने देशले नयाँ बाटो लिन्छ होला, किन संशोधनमा अल्झिरहनु हुन्छ ?

समस्या समाधानको सरल उपाय भनेको निर्वाचन नै हो । निर्वाचन भनेको संविधान कार्यान्वयन हो । त्यसरी संविधान कार्यान्वयनमा कुनै ठाउँबाट बाधक बन्नु हुँदैन । स्थानीय निकायको निर्वाचन भयो भने स्थानीय तहको निर्वाचन सरल पनि हुन्छ, सहज पनि हुन्छ । अहिलेको संविधान बाधक पनि छैन । त्यो गर्न पायाँै भने धेरै हदसम्म सफल हुन्छौँ नत्र भने अप्ठयारो अवस्था आउँछ ।

अन्तमा नेपाल मजदुर किसान पार्टी संविधान संशोधनको विषयमा तपाईको पार्टीको धारणा प्रष्ट पारिदिनुहोस् ?

नेपाल मजदुर किसान पार्टीले सबैभन्दा संविधान कार्यान्वयन गर्नुपर्छ, हामीहरूले बनाएको संविधान हो, कार्यान्वयनपछि आउने अप्ठ्याराका विषयलाई बहुमतले संसदमा छलफल गरेर संशोधन गर्न सक्छौँ भनिरहेका छौँ । भाषा, नागरिकताको विषयमा, राष्ट्रिय सभाको प्रतिनिधित्वजस्ता चार वटा विषयमा संविधानमा संशोधन आएको छ । त्यो संशोधनका चार वटै विषय नेपाल र नेपालीहरूको हितमा नभएको हुँदा राज्यले फिर्ता लिनुपर्छ । माओवादी र काँग्रेसले कुनै पनि हालतमा फिर्ता लिनुपर्छ, त्यो फिर्ता नलिएसम्म नेपाल मजदुर किसान पार्टीले आन्दोलन रोक्ने छैन । अन्य दलहरूसँग मिलेर वा एकल आन्दोलन गरेर अगाडि बढिरहनेछ । तर यो देश, जनताको हितमा, हाम्रो सार्वभौमिकता रक्षाको लागि हामीले गर्नुपर्ने काम हो । नेपाल र नेपाली जनताले यस कामलाई अझ सशक्त रूपमा लग्नेछन् भन्ने हाम्रो विश्वास छ ।