२०७७ माघ ५, सोमबार

बाख्रा पालन सम्बन्धी तालिम

सुर्खेत माघ १२ ।नेत्रहिन सेवा संघ सुर्खेतले भेरीगांगा नगरपालिकाको जहरेबजारमा व्यवसायी बाख्रा पालन सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ ।

नेत्रहिन संघ सुर्खेतको आयोजनामा महिला तथा बालबालिका कार्यालय सुर्खेतको आर्थिक सहयोगमा भएको थियो । तिन दिने तालिममा बाख्रा पालन व्यवसायमा दृष्टिविहिनहरुलाई आर्यआर्जनमा लक्षिण गरि तालिम सञ्चालन गरिएको थियो ।

तालिममा ३५ जना सहभागिहरुको उपस्थिती रहेको थियो । व्यवसाय तालिमले बाख्राहरुमा लाग्ने रोग सम्बन्धि छलफल गरिएको हो ।
बिहानी एग्रोभेटका प्रोपाइटरले प्रशिक्षण दिएका थिए । व्यवासयका लागि दृष्टिविहिनहरु १ लाख १० हजारा बारबरको ११ वटा बाख्रा वितरण गरिएको नेत्रहिन संघ सुर्खेतका टेक बहादुर ओरले बताएका छन ।