२०७७ माघ ५, सोमबार

महिलाको आर्थिक सबलिकरणमा रुढिबादी सोच बाधक

3-1-768x432सुर्खेत, माघ १४ ।यहाँको वीरेन्द्रनगरमा महिलाको आर्थिक सबलिकरण सम्बन्धी अन्तरसंवाद कार्यक्रम भएको छ । दायित्व संस्थाको आयोजनामा भएको कार्यक्रममा सहभागी सरोकारवालाहरुले महिलाहरुको आर्थिक सबलिकरणका लागि रुढिबाढी सोच बाधक भएको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी सरोकारवालाहरुले महिलाहरुमा क्षमता र सक्षमता हुँदा हुँदैै पनि रुढिबादी सोचका कारण आर्थिक रुपमा सम्पन्न हुन नसकेको बताएका थिए ।

संयुक्त राष्ट संघले पहिचान गरेका आर्थिक सबलिकरणका माध्यमहरु रुढिबादी सोच हटाउने, स्याहारमा लगानी गर्ने, ब्यापार क्षेत्रमा अवसरको सिर्जन ागर्ने, महिलाहरुका लागि समान धरातल निर्माण गर्ने, सम्पत्तीमा न्यायिक हिस्साको सुनिश्चित गर्ने, सरकारले अवसरको सिर्जना गर्ने र महिलाको आवाजलाई सशक्त बनाउने विषयमा छुट्टाछुट्टै दुई चरणमा भएका अन्तरसंवाद कार्यक्रममबाट रुढिवादी सोचलाई हटाएर समानताका लागि समतालाई आधार बनाइनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी अमृत लम्सालले संबैधानिक रुपमा महिलाहरुका हक अधिकारीहरु सुनिश्चित गरिएको भएपनि समाजमा रहेको रुढिबादी सोचले अझै महिलाहरु सशक्त हुन नसकेो बताए । हिजोदेखि मानि आएका त्यस्ता मूल्य मान्यतालाई परिष्कार गर्दै महिलाहरुलाई आयआर्जनमा सहभागी बनाउन सकिने उनको भनाई छ ।1

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले अहिले पनि समाजमा रहेका पुराना मूल्य र मान्यताले महिलाहरुलाई आत्मनिर्णयको अधिकार नभएको भन्दै महिलाको विकासका लागि समाज पनि बाधक भएको बताए । महिला भएकै कारण उनीहरुलाई श्रममा विभाजन गरिदा उनीहरु पछाडि परेको उनको भनाई छ ।

यस्तै कार्यक्रममा महिला तथा बालबालिकाको कार्यालयका प्रेमप्रसाद आचार्यले महिलाहरुले नै हिजोदेखि चलिआएका मान्यताहरुलाई छटक्कै भूल्न नसक्दा पनि आर्थिक रुपमा सशक्त हुन नसकेको भन्दै महिलाहरु आफै पनि अब आवाज उठाउन सक्नुपर्ने बताए । कार्यक्रममा सम्पत्तीमा महिलाको स्वामित्व नहुँदा पनि महिलाहरु पछाडि परेको सहभागीहरुले बताएका थिए । महिलाको नाममा सम्पत्ती भएपनि त्यसको अधिकार आफूहरुलाई नहुँदा उद्यमी बन्न सक्ने अवस्था नभएको सहभागीहरुको भनाई छ ।

कार्यक्रममा गरिबी निवारण कोषका कार्य प्रबन्धक टिकाराम पोख्रेलले सरकारले ल्याएका कार्यक्रम संचालन गर्न पनि सामाजिक मूल्य मान्यताका कारण सबै ठाउँमा लागु हुन नसक्ने अवस्था रहेको भन्दै नीतिगत रुपमै सामाजिक रुढिवादी परम्पराहरुलाई कसीमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारतीले संबैधानिक रुपमा महिलाहरु पनि बलियो भइसकेको अवस्थामा समाजमा रहेका पुराना परम्परालाई सामना गर्न सबैले आआफ्नो स्थानबाट अभ्यास गर्नुपर्नेमा जोड दिए । संचार माध्यामले त्यसको पैरवी गररिहेको भन्दै उनले सामाजिक बन्धनलाई तोड्न महिलाहरु पनि आफै लाग्नुपर्नेमा जोड दिए ।

2कार्यक्रममा दलित महिला संघका अध्यक्ष मञ्जु सुनारले महिलाहरुमा पनि दलित महिलाहरु अझ पछाडि रहेको भन्दै उनीहरुलाई आर्थिक रुपमा सबल बनाउन चुनौती रहेको भन्दै संबैधानिक रुपमा भएको व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने बताइन् । कार्यक्रममा मप विश्वविद्यालयका उपप्राध्यापक राधिका पनेरुले महिलालाई पुरुष समान बनाउनका लागि समानताले मात्रै नपुग्ने भन्दै समतालाई आधार बनाइनुपर्ने भन्दै रुढिवादी सोचलाई निमिट्यान्न पार्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा सहभागीहरुले पनि समाजमा रहेको रुढिवादी सोचका कारण आफूहरु उद्यमशिल र सशक्त बन्न नसकेको भन्द्यै त्यसको सामना गर्न निकै कठिन भएको बताएका थिए । स्थानीय विकास अधिकारी लम्सालको प्रमुख आतिथ्यता तथा सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) का अध्यक्ष एमुना नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा दायित्वका स्वदीपा बोहोराले आर्थिक सबलिकरण सम्बन्धी सुर्खेतको अवस्थाको जानकारी र दायित्वकै सुब्रिना सिंहले दायित्वका बारेमा जानकारी गराएकि थिइन ।

कार्यक्रममा डिएफआइडिका कन्ट्रि डाइरेक्टर गेल, दायित्व संस्थाका कार्यकारी निर्देशक पुकार मल्ल लगायत सुर्खेत स्थिति विभिन्न सरकारी तथा गैरसकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, उद्यम विकाससंग सम्बन्धित व्यक्तिहरु र महिला उद्यमी लगायत समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।