२०७७ मंसिर १७, बुधबार

आर्थिक अभावले तीन महिनादेखि अस्पतालको शैयामा छटपटाउँदै –

ss (1)सुर्खेत, माघ १४ ।
३ महिना अगाडी देखी गम्भिर बिरामी भएर थला परेका जाजरकोट थालारैकर गाबिस वडा नंम्बर १ का देबुसिंह ठकुरीलाई आर्थिक अभावमा उपचारमा कठीनाई भएको छ ।

खुट्टामा अकस्मात समस्या देखीएपछी गएको कार्तिक १४ गते काठमाडौको नर्भिक अस्पताल पुर्याईएपनि अहिले सम्म सन्चो नहुदा परिवारको बेजोग भएको छ । उपचारका लागी सरुमा नेपालगंज लगीएपनि चिकित्सकले काठमाडौ रिफर गरेपछी सिंहलाई ऋणको जोहो गरेर नर्भिक अस्पतालमा भर्ना गरीएको थियो । सुरुमा देब्रे खुट्टा सुनिएपछी डाक्टरले सबै मासु काटेका थिए । अहिले दाँया खुट्टाको मासु पनि अर्को खुट्टामा हाल्दा दुबै खट्टामा गम्भिर समस्या देखीएको छ ।

घुडावाट सुरु भएको घाउँ पछील्लो समय दुबै खुट्टावाट माथि–माथि सर्दै गएपछी सिंहकोे अवस्था झनै गम्भिर बन्दै गएको छ । उपचारका लागी ३ महिनाको अवधिमा २५ लाख रकम खर्च भएपनि अझै सुधार नआएपछी सिंह परिवारले सहयोगका लागी जाजरकोट जिल्लावासी लगायत सबैसंग अपिल गरेका छन। घरमा भएको सबै पैसा सकिएर बिभिन्न सहकारी संस्थावाट चर्को ब्याजमा लिएको सबै रकम सकिएपछी उहाँको उपचारमा समस्या बढदै गएको छ ।

सिंहका दुबै खुट्टा अहिले पाकेर संक्रमण थप बल्झिन थालेपछी ंिसंह परिवार थप समस्यामा परेको छ । श्रीमानलाई संन्चो होला भनेर काठमाडौ पुर्याएपनि निको नहुदा श्रीमती प्रतिमाका आखाँमा आसु बग्न पनि छाडेको छैन भने घरमा छोराछोरीको पनि बेजोग भएको छ ।

उपचारका लागी एक दिनमा मात्र करीब १० हजार रुपैया लाग्ने गरेकोले सानो सहयोवाट पनि आफना श्रीमानको जीवन बाच्न सक्ने भन्दै श्रीमती प्रतिमाले सहयोगको लागी देश बिदेशमा रहेका नेपालीसंग पनि याचना गर्नु भएको छ ।

सहयोग गर्न चाहनेहरुले एभरेष्ट बैङ्कमा रहेको खाता नंम्बर ०३१००५०१२०६११० मा सहयोग रकम पठाउँन आग्रह गरीएको छ । यस्तै मोवाईल नंम्बर ९८४८१३३८२७ मा फोन गरेर पनि सहगोग गर्न उनका श्रीमती प्रतिमाले याचना गरेकिछन् ।