२०७७ मंसिर १४, आईतवार

यसरी सम्झिए सुर्खेतीले सहिदलाई

सुर्खेत माघ १६ । सहिद दिवस सुर्खेतमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नागरिक स्तरबाट विभिन्न कार्यक्रम गरी सहिदहरुको सम्झना गरिएको हो ।

प्रगतिशिल लेखक संघ नेपालको आयोजनामा शहिद दिवस २०७३ र बृहत काव्य गोष्ठि कृति एवम बिमोचन कार्यक्रम वीरेन्द्रनगरमा गरेको छ । कार्यक्रममा शाखाका सचिव धिरेन थापाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी शाखाका अध्क्षय हरिलाल महताराको रहेको थियो । शाखाको १६७ औ बृहत काव्य गोष्ठि एवम कृति बिमोचन शहिद दिवसको अवसर पारी कार्यक्रम गरिएको हो ।

लेखक मनीकुमार पोखरेलद्धारा रचित खण्डकाव्य ओझलमा परेको फूलहरु र हरिलाल महताराद्धारा रचित खोजी कविता संग्रहको साहित्यकार डा.दिपक गौतम,समाजसेवी,कुलदीप भट्ट र सल्लाहकार लीलाधर गौतमले संयुक्त रुपमा बिमोचन गरेएका थियो । कार्यक्रममा सुर्खेत स्थित विभिन्न साहित्यक संस्थाहरुका साहित्यकारले आ आफना रचिएका रचना जगेश्वर नेपाल ,सनत कुमार शाही, पृथ्वीबहादुर सिंह ,टिकाभक्त गिरि, देवप्रकाश सिंह, लक्ष्माणदेव गिरि, पहल असिम थापा क्रृषिप्रसाद थानी, सिद्ध खडका,सीता यरी,लगायतले रचना बाचन गरेका थिए ।

यस्तै सुर्खेतका जेसीजहरुले पनि संयुक्त रुपमा वीरेन्द्रनगरमा दीप प्रज्वलन गरी सहिदहरुलाई सम्झिएकाछन् । वीरेन्द्रनगर जेसीज, सुर्खेत महिला जेसीज र वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१७ को संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम भएको हो । यस्तै अन्य संघसंस्थाहरुले पनि आआफ्ना क्षेत्रमा विभिन्न कार्यक्रम गरी दिवस मनाएकाछन् ।