२०७७ मंसिर १०, बुधबार

जेपीको १४ औ वार्षिकोत्सव

सुर्खेत, माघ १६ । जनप्रिय (जेपी) मावि वीरेन्द्रनगर ३ को १४ औं बार्षिकोत्सव, अभिभावक दिवस र खेलकुद कार्यक्रम आइतवार मनाइएको छ ।

विद्यालय संचालक समितिका अध्यक्ष हरिहरनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्ष्ाँ अधिकारी जीतबहादुर शाहले विद्यार्थीहरुको धेरैजसो समय घर र अभिभावकसंग हुनेभएकोले यसमा अभिभावकहरुले बढी ध्यान दिनुपर्ने बताए ।

उनले विद्यार्थीहरुको पहिलो पाठशाला घर र शिक्ष्ँक अभिभावक भएकोले यसतर्फ सजग हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य बालदीप क“डेल, जिल्ला अध्यक्ष वेदप्रकाश ढकाल, क्षेत्रीय शिक्ष्ाँका उपनिर्देशक भक्तबहादुर खड्कालगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा अभिभावक पवित्रा थापा र प्रेम चालिसेलाई सम्मान गरिएको थियोभने एसएलसीमा उत्कृष्ट ग्रेड ल्याउने ९ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल यामराज गिरीले विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुले विभिन्न खेलकुद तथा मार्चपास पनि प्रदर्शन गरेका थिए । यसैवीच विद्यालयले प्याव्सन सुर्खेतको भवन बनाउनका लागि नगद २५ हजार पनि सहयोग प्रदान गरेको प्रिन्सिपल गिरीले जानकारी दिए ।