२०७७ मंसिर १४, आईतवार

नेपाली देशभक्त युवा समाजद्धारा धमला सम्मानित

flag flagकाठमाडौं, १६ माघ। नेपाली देशभक्त युवा समाजले सहिद दिवसको अवसरमा मुलुक, जनता र राष्ट्रियताप्रीत योगदान पुर्याएका विभिन्न क्षेत्रका ख्याँतिप्राप्त व्यक्तित्वहरुलाई सम्मान गरेको छ।

आईतबार काठमाडौंको माईतीघर मण्डलमा आयोजित विश्वकै सबैभन्दा ठूलो नेपाली राष्ट्रिय झण्डा फहराउने कार्यक्रममा सिएनएन हिरो अनुराधा कोइराला, , महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रिपोर्टर्स क्लबका सभापति ऋषि धमला, कलाकारद्धय धुर्मुस–सुन्तली, नेपाली उल्ट्रा धाविका नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्न सफल मिरा राई, कलाकार मदनदास श्रेष्ठ, नेपाली राष्ट्रिय युवा फूटबलर विमल घर्तीमगर, समाजसेवी ईन्दिरा रानामगर सम्मान गरिएको हो।

सम्मान हुनेहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ताम्रपत्र तथा दोसल्ला ओढाएका थिए।
समाजका अध्यक्ष नारायण ढुँगानाले पत्रकार धमलाले पत्रकारितामार्फत नेपाल र नेपालीहरुलाई देशका समसामयिक विषयमा सही सूचना सम्प्रेषण गरेकोले सम्मान गरिएको बताए।

उनले भने,‘ऋषिजीले देश र जनताको लागि पत्रकारिताको माध्यमबाट खासगरि रेडियो र टेलिभिजनमार्फत बहस गर्नुभएको छ, यसले सबै नेपालीहरुलाई शीर उँचो बनाउने काम भएको छ, हामी उहाँलाई सम्मान गर्न पाउँदा निकै गौरवान्तित छौं।’