२०७७ माघ १४, बुधबार

महासंघको नेतृत्व सर्वसम्मत चयन गर्ने निर्णय

सुर्खेत, माघ १७ ।प्रेस सेन्टर नेपाल, सुर्खेतले आगामी फागुन १२ गते हुने नेपाल पत्रकार महासंघ सुर्खेतको अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने निर्णय गरेको छ ।

प्रेस सेन्टर नेपाल सुर्खेतको सोमबार बसेको कार्यालयको बैठकले महासंघको नेतृत्व सर्वसम्मत चयन गर्न पहल गर्ने निर्णय गरेको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि जिल्लाका सबै पेशागत संगठनहरुसँग छलफल र वार्ताको वातावरण सिर्जना गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपाल सुर्खेत शाखाले जनाएको छ ।

सहमतिद्वारा चयन गरेको सर्वसम्मत नेतृत्वले नै पत्रकारहरुको हकहितका लागि उत्कृष्ठ काम गर्न सक्ने भएकोले यो निर्णय गरिएको जनाइएको छ ।
साथै कार्यालय बैठकले निर्वाचनमा सर्वसम्मत नेतृत्व चयनको एजेण्डा लिएर केन्द्रित हुने निर्णय गरेको छ ।