२०७७ माघ १२, सोमबार

रेडक्रसको साटाखानी शाखाको अधिबेशन

सुर्खेत, माघ १७ ।नेपाल रेडक्रस सोसाइटी उपशाखा साटाखानी सुर्खेतको १३ औ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट ओम प्रकाश ढकालको अध्यक्षतामा नौ सदस्यीय उपसमिति सर्वसम्मतीले चयन गरिएको हो ।

जसको सदस्यहरुमा टिकाराम छन्तेल,टिकाराम आचार्य,बल बहादुर बिर्कटा,बल बहादुर सुनार, राम प्रसाद ढकाल,प्रेम बहादुर सोमै,कुम्भ प्रसाद पौडेल र डम्बर बहादुर तिवारी चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा साटाखानी सुर्खेतका उप सभापति देव बहादुर ढकालले मन्तव्य राखेका थिए । जिल्ला सभापति रामलाल आचार्यले उदुघाटन गर्नुभएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा साटाखानी सुर्खेतका पुर्व अध्यक्ष टिकाराम सौमैको अध्यक्षतामा सम्पन्न भएको हो ।