२०७७ माघ १४, बुधबार

यशोदा कम्पनीको सो रुमको उद्घाटन

सुर्खेत माघ १७ । यहाँको वीरेन्द्रनगरमा रहेको क्रियटिभ आइ टी सेन्टरले यशोदा कम्पनीको सो रुम सोमबार उद्दघाटन गरेको छ ।

सुर्खेतकै एक मात्र पहिलो यशोदा कम्पनीको सो रुम संञ्चालनमा ल्याएको हो । अब याशोदा कम्पनीका घरायसी रुपमा चाहिने सम्पूर्ण सामानहरु पाइने भएको छ ।

उद्घाटन गदै क्रियटिभ आई टि सेन्टरका प्रोफाइटर खगेन्द्र केसीले यशोदा बा्रन्डका सम्पूर्ण सामान लगायत सम्पूर्ण कम्पनी मोबाइल,ल्यापटप,फ्रिज, स्मार्ट टिभी इलोक्टोन्कि सामानहरु पनि यही सो रुमबाट उपलब्ध गराइने बताए ।

उनले उद्घाटन गर्दै स्मार्ट टिभीको बजार मुल्य ४३ इन्चको बजार मुल्य ५५ हजार ५० इन्चको टिभिलाई ६६ हजार रहेको र आफूहरुबाट लिएमा विशेष छुटमा दिने उनले बताए ।

यशोदा कपनीको सम्पूर्ण सामानहरु सुर्खेत लगयत कर्णाली अञ्चलको एक मात्र सो रुम भएकोले अब कर्णाली अञ्चलका हुम्ला, जुम्ला, कालिकोट,लगायतका जिल्लाहरुमा आफूले उपलब्ध गराउन सक्ने बताएका छन ।