२०७७ माघ ३, शनिबार

एडभान्सको खेलकुद सप्ताहको छैंठौ दिन पाँच खेल सम्पन्न

सुर्खेत, माघ १७ ।एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर १८ सुर्खेतले आयोजना गरेको खेलकुद सप्ताहको छैंठौं दिन विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक यशोदा सिँहका अनुसार सोमबार विभिन्न तह र सदन स्तरीय ५वटा प्रतियोगिता सम्पन्न भएका छन् । जस अनुसार अन्तरसदनात्मक भलिवल प्रतियोगितामा सरिफ सदन प्रथम, सरानी सदन द्वितीय र सरित सदनले तृतीय स्थान हासिल गरेको छ । त्यसैगरी अन्तर सदनात्मक खोखो प्रतियोगितामा सरानी सदन प्रथम, सरिफ सदन द्वितीय र सराग सदनले तृतीय सथान हासिल गरेको छ ।

पानी पाउरोटी खाने प्रयिोगितामा १ मिनेट ५३ सेकेण्ड समयमा १लिटर सरफि सदनका पे्रम बुढाले प्रथम, २ मिनेट १० सेकेण्डमा मुकेश शाही सराग सदन र २ मिनेट ५० सेकेण्ड सिन्धु मल्ल सारनी सदनले पानी र पाउरोटी खाएर तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै प्राथमिक तहको सिक्का खोज दौड प्रतियोगितामा सरितसदनका गीता रावल प्रथम, सरिफ सदनका नविन बम द्वितीय र सराग सदनका नविन ढकालले तृतीय स्थान हासिल गरेका छन् ।

यसै गरी पुर्वप्राथमिक तहमा संचालित छोटो दुरीको दौड प्रतियागितामा नर्सरी बाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल क्रमशः खुशी जैशी, रोशन शाही र क्षितिज थापाले गरेकाछन् भने कक्षा एलकेजी बाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल क्रमशःनरेश कार्की,सारांश शाही र जीवन कुमार कार्की कक्षगत प्रतियोगिताकै छोटोदुरीको दौड प्रतियागितामा युकेजी बाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल क्रमशःनविन भट्टर्राइ, यकलव्य रावल र सदिक्षा विष्टले गरेका छन् ।

कक्षा एकको दौडमा बाट प्रथम, द्वितीय र तृतीय स्थान क्रमशःविमल रावत, योगेश परियार र पुष्पा कार्कीले हासल गरेका छन् । विद्यालयले आफ्नो बार्षिक शैक्षिक क्यालेण्डर अनुसार संचालन गरेको खेलकेद सप्ताह बुधबार एक समारोह बीच विद्यालय प्राङ्गणमा उद्घाटन भएको थियो । उद्घाटन समारोह एनप्याब्शन केन्द्रीय सदस्य कमलबहादुर सिँहको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य मणिराम देवकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

खेलकुद सप्ताहलाई व्यवस्थित र मर्यादित बनाउन माध्यामिक तहका सम्पूर्ण खेलहरु शिक्षक सक्तबहादुर सिँह र प्राथमिक तहका खेलहरु शिक्षक हिमानी शाहीले संयोजनको जिम्मेवारीबहन गरेको अतिरिक्त क्रियाकलाप संयोजक सिहले बताएकी छन् । सिँहका अनुसार मंगलबार खेलकुद सप्ताहको अन्तिम दिन अभिभावकहरुका बीचमामा पनि विभिन्न खेलहरु संचालन गरी साताव्यापी खेकुद कार्यक्रम समापन हुदैछ ।