२०७७ मंसिर १०, बुधबार

खासै भूतको विश्वास लाग्दैन ।

janakके छ खबर ?
एकदम ठीक छ भन्नुप¥यो ।
आजभोली केमा व्यस्त हुनुहुन्छ ?
विशेषगरी व्यापारमा नै व्यस्त छु ।
धेरै हेण्डसम हुनुहुन्छ । कत्तिको आयो कलेजमा पढ्दा लभलेटर ?
लभलेटरको जमाना थिएन, लभलेटर लेखिएन ।
डान्सबारमा जानु भा छ ?
गएको छैन ।
आमा र प्रेमिकामध्ये एक जनालाई रोज्दा…
सबैभन्दा पहिला मलाई जन्मदिने आमा नै रोज्छु, श्रीमतीलाई पनि टाढा राख्नै हुदैन । जीवनयापन गर्ने जीवनसाथी चाहिन्छ । दुःख–सुखमा साथ दिने ।
तपाई हिड्दै गर्दा बाटोमा ५ केजी सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?
पहिलो कुरा कस्को हो भनी प्रशासनलाई जानकारी गरी फिर्ता गर्थे  ।
राज्यले तपाईलाई राजश्व कार्यालयको प्रमुख बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?
राज्यले राजश्व कार्यालयको प्रमुख भएको भए पहिलो कुरा एउटा प्रमुखले के नै गर्न सक्थ्यो र देशको आर्य व्यवस्थापन मजबुत बनाउने राजश्व चुहावटलाई रोक्थे  ।
मनपर्ने खाना…
सामान्य दाल, भात, दही, साह्रै मन पर्छ ।
डान्सबारमा कतिको जानु भो नि ?
जाँदिन ।
मनपर्ने संगीत…
राष्ट्रियताका गीत जनसाहित्यहरु मन पर्छ ।
सेक्सप्रतिको तपाईको धारणा के छ ?
प्राकृतिकसँग सम्बन्धित छ संस्कार, साँस्कृतिक परम्पराअनुसार कार्य गर्नुपर्छ ।
नेपालमा सेक्स स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा कि विपक्षमा
नेपालमा सेक्स स्वतन्त्रता हुनु हुदैन ।
जिन्दगीमा सबैभन्दा मजा के गर्दा आउँछ ?
अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदा, न्याय र स्वतन्त्रताको पक्षमा जित भएमा मजा लाग्छ ।
तपाईको जिन्दगीको लक्ष्य के हो ?
देशमा समाजवादी व्यवस्था भईदिएको भए हुन्थ्यो भन्ने साथै व्यापारलाई सफलतामा पु¥याउने लक्ष्य हो ।
जिन्दगीमा भुल्नै नसकेको क्षणलाई सम्झिंदा…
त्यस्तो केही छैन ।
कहिलेकाही यो व्यापार व्यवसायतिर किन लागिएछ जस्तो लाग्दैन ?
कहिलेकाही लाग्छ ।
तपाईको अगाडि साक्षात् भगवान् प्रकट भएर कुनै दुई चिज माग भने के–के माग्नुहुन्छ ?
विज्ञानमा विश्वास गर्ने मान्छे खासै भगवान्मा विश्वास लाग्दैन ।
मरेर भुत भएपछि कस्लाई तर्साउनु हुन्छ ?
न्यू दैलेखी आभूषण कला केन्द्रका प्रोप्राइटर जनक सुनार