२०७७ कार्तिक ११, मंगलवार

‘मप विश्वविद्यालय ४ वर्षमा नेपालकै दोस्रो स्थानमा आउँछ’

Dr. mahendra mallसुर्खेतको शैक्षिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय भई शिक्षा क्षेत्रको विकासका लागि अटुट रुपमा लागि परेका डा. महेन्द्रकुमार मल्ल अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रजिष्ट्रारमा नियुक्त भएका छन् । सुर्खेतमा विश्वविद्यालय स्थापना गर्नुपर्दछ भनी अभियान सुरु गरेका मल्ल अहिले सोही विश्वविद्यालयको रजिष्ट्रार पदमा नियुक्त भएका हुन् । अबको चार वर्षे कार्यकालमा विश्वविद्यालयको विकासको लागि रजष्ट्रार मल्लले निष्पक्ष रुपमा सबैको साथ लिएर आफू अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् । प्रस्तुत छ नवनियुक्त रजिष्ट्रारसंग विश्वविद्यालयको विकासका लागि आगामी योजनाहरुका बारेमा लिइएको अन्तरवार्ता ।


१ .रजिष्ट्रारमा नियुक्त भैसकेपछि विश्वविद्यालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न के के गर्नु हुन्छ ?

सर्बप्रथम यसको शैक्षिक प्रागिक अबस्थालाई सुधार गर्नु पर्नेछ । कलासरुम लविङ टिचिङदेखि लिएर अनुसन्धानका तहलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुछ । प्राध्यापकहरुलाई अध्ययन अनुसन्धान तहमा पनि ईन्गेज गर्नुछ । विद्यार्थी र प्राध्यापकहरुको हितमा गुणस्तर बृद्धि गर्नको लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्नु पर्ने छ । विश्वविद्यालयमा भौतिक पुर्वाधारको अभाव छ । कक्षा कोठाहरु पुगिरहेका छैनन, भवनहरु निर्माण भैराखेकाछन, कम्पिलिट नभएकाले अलिकती सेमिस्ट्रार बढ्यो, कार्यक्रम बढ्यो, विद्यार्थी संख्या बढ्यो ।

जसले गर्दा पूबाधारको कमी छ । त्यसलाई ब्यबस्थित गर्न जरुरी छ । हाम्रो शिक्षक कर्मचारीहरुको गुणस्तर अभिबृद्धि गर्नको लागि तालिम सेमिनार गोष्ठीका कार्यक्रमहरु, अन्तराष्ट्रिय संम्बन्ध बिस्तारका कार्यक्रमहरु गरी अन्तराष्ट्रिय सम्बन्ध बिस्तार गरेर यो विश्वविद्यालयलाई विश्वब्यापि बनाई मान्यता प्राप्त गराउने जसले भोली विद्यार्थीको सर्टिफिकेटमा ईन्टरनेशनल रिककनाईज होस । त्यो बिषयलाई अलि फोकस गरेर अगाडि बढने योजना रहेको छ ।

२. यसअघी व्यक्तिगत रुपमा तपाई र उपकुलपतिको केहीले ब्यापक बिरोध गरे,यसमा तपाईको प्रतिकृया ?

 त्यो स्वभाविक नै हो । नेपालमा भागबण्डाको राजनीति छ । मेरो अन्तरिम व्यवस्थाकको नियुक्ति थियो दुई वर्ष अगाडि । २०७१ भ्राद्र ४ गते म अर्को व्यवस्था नभएसम्मको लागि रजिष्ट्रार थिए । माघ दुई गतेदेखि अघिल्लो रजिष्ट्रारको कार्यकाल समाप्त भएको हुनाले मेरो पनि अर्काे व्यवस्था नगेको हुँनाले यो लम्बिदै गएको थियो । अर्को नियुक्ति गर्नुपर्ने थियो ।

मैले पनि छिटै होस् भन्ने चाहेको थिए । जोसुकै भए पनि तर विभिन परिस्थिती,राजनीति, सत्ता राजनीतिले गर्दा यस्लाई प्रभावित ग¥यो । छिटै नियुक्ति हुन सकेन वास्तवमा सक्षम मान्छेको कदर कमै हुन्छ । यसलाई मैले स्वभाविक ढंगले लिन्छु । अलिकती शब्द प्रयोगमा, प्रस्तुतिमा र ब्यवहारमा तिक्तता उत्पन्न हुने केही कामहरु भए ती पनि मेरा भाईहरु, छोराहरु जस्ता मान्छेहरुले गरेको हुनाले स्वभाविक नै ठान्छु ।

३.अझै पनि विश्वविद्यालय सुधारको माग गर्दै अखिल (क्रान्तिकारी) लगायत केही प्राध्यापकहरु आन्दोलन गरिरहेका छन । यसको समाधान कसरी गर्नुहुन्छ ?

इसको पहिलो समाधानको उपाय भनेको छलफल र सम्वादका माध्यामबाट सम्वन्धित असहमती राख्ने, अथवा केही मागहरु राख्ने ती पक्षहरुसंग छलफल र संवाद गरेर यसलाई टुङग्याउनु पर्छ । र बिधी र प्रकृयालाई अपनाएर गयो भने सबै कुरा सुल्झिन्छ । यी दुई कुरालाई अपनाएर म अगाडि बढछु ।
४.पदाधिकारिहरुले प्राज्ञिक क्षेत्रमा राजनीति गरेको आरोप पनि छ ?

 बास्तवमा यो सम्वेदनशिल विषय पनि हो । हुनत लोकतन्त्रमा पेसागत संघ÷संघठनहरु हुन्छन । ट्रेडयूनियन हुन्छ । त्यो स्वभाविक मानिन्छ । त्यसको पनि एउटा सीमा छ । त्यो सीमामा रहेर आफ्ना मागहरु, हकहितका विषयहरु अगाडि सार्नु, पुरा नभएमा बिरोधका कार्यक्रमहरु अगाडि सार्नु त्यो स्वभाविक मानिन्छ लोकतन्त्रमा । तर हाम्रो विश्वविद्यालयको प्राङगन भित्र प्रदुषित बनेको छ ।

त्यो मूल्य र मान्यताको पेसागत संगठन नरहेर राजनीतिक प्रदुषित फोहोरी खेलमा व्यक्ति केन्द्रित भएर अराजनीतिकरुपमा यसरी प्रस्तुत हुने र एउटा मागको आडमा अन्तरनिहित उद्देश्य अर्कै राखेर अघी बढ्ने गतिबिधी छ । यसले विश्वविद्यालयको समग्र एकेडिमिक प्राथमिकतालाई तहसनहस गर्छ । यस्तो कुरालार्ई विल्कुलै निषेध गर्नुपर्छ । अवका दिनहरुमा मेरा कदमहरु यसप्रति लक्षित हुनेछन ।

५.विश्वविद्यालय भित्र राजनीति हुन नदिन कसरी सम्भव छ ?

एकदम संम्भव छ । म एउटा उदाहारण दिन्छु, प्राध्यापक संघ अहिलेसम्म थियो । २०६७ सालमा त्रिभूवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस साबिकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा फर्मेसन भएको आज भन्दा ७÷८ वर्ष अगाडि निर्माण भएको प्राध्यापक संघ थियो त्यसलाई हामीले अहिलेसम्ममा मान्यता दिएका थियौँ । अर्को प्रकृया नहुन्जेलसम्ममा यसलाई काम गर्न दियौं किनकि टे«डयूनियन हुनुपर्छ । प्राध्यापक संघ हुनुपर्छ ऐन नियमले मागेको छ भनेर त्यस्को अस्तित्वलाई स्वीकारेका छौँ ।

तर पछिल्लो समयमा दुई÷चार महिना यता यसका गतिविधीहरु अराजक हुन थाले प्राध्यापकको हकहित र विश्वविद्यालयको उन्नयन्का लागिभन्दा पनि व्यक्ति केन्द्रित र राजनीति केन्द्रित भएर अगाडि बढेको देखिएको छ । अब ऐननियमले मागेअनुसार प्राध्यापक, कर्मचारीहरु र विद्यार्थीका साझा संगठनहरु बैधानिकरुपमा गठन हुन्छन । जसले विश्विविद्यालयका हकहितका लागि काम गर्नेछन ।

६.तपाई पनि कुनै राजनीतिक दलको समर्थनले नियुक्त हुनुभएको होला । यसलाई सबैको विश्वविद्यालय बनाउन र तपाईहरु पनि सबैको हुँन के गर्नुहुन्छ ?

सर्वप्रथम त तपाईको प्रश्नको पहिलो वाक्यमा असमर्थन गर्दछु । हामीले राजनीतिक नियुक्ति ल्याएर आएका छैनौ । रजिष्ट्रारको र उपकुलपतिको नियुक्ति ल्याएर आएका हाँै । एउटा पञ्चायती व्यवस्था भए पनि, सैनिक व्यवस्था हुन्थ्यो भने पनि र अहिले बहुदलीय व्यवस्था भए पनि या त कुनै एक दलीय, निर्दलीय व्यवस्था हुन्थ्यो भने पनि छान्ने प्रकृया भनेको व्यक्ति छान्ने हो । व्यक्तिलाई एउटा कम्यूनिटिले सिफारिस गर्ने हो । अर्थात प्रधानमन्त्रिले नियुक्त गर्ने हो ।

त्यसकारण यो स्वभाविक रुपमा कुनै न कुनै आस्थामा सम्वन्धित मान्छे आउँछ नै तर तपाईले भन्न खोज्या यो देशमा राजनीतिक भागवण्डा छ । भागवण्डा गर्ने चलन भएकाले योग्यता र क्षमताको मूल्य स्खलित भएको छ । त्यो प्रवृत्तिलाई ईङगित गर्न खोज्नुभएको हो । यो राजनीतिक नियुक्तिभन्दा पनि विश्वविद्यालयको रजिष्ट्रारको नियुक्ति हो । तर म कुनै खास आस्थाको मान्छे हुला तर अहिले राजिष्ट्रार भए त्यसैले विश्वविद्यालयमा आस्थावान भएर काम गर्ने हैन रजिष्ट्रार भएर काम गर्छु ।

मैले यस अघि पनि विभिन्न संघसंस्थाहरुमा जिल्लादेखि केन्द्रसम्म नेतृत्व गर्दै, प्रसाशनिक क्षेत्रमा क्याम्पस प्रमुखदेखि रजिष्ट्रारसम्ममा नेतृत्व गरिसकेको छु । मैले कसैलाई काखा कसैलाई पाखा गरेको छैन । त्यो मेरो नैतिकताले दिदैन । योग्यता र क्षमताको आधारमा विश्वविद्यालयको ऐन र नियममा रहेर यो विश्वविद्यालय भित्रको समग्र शैक्षिक, प्राज्ञिक र प्रसाशनिक डेलिभरिमा र समग्र प्रकृयामा सबैलाई समेटेर सबै आस्था र विचारलाई एकीकृत गरेर विश्वविद्यालयको उच्च शिक्षालाई अगाडि बढाउन चाहान्छु । मबाट त्यस्तो खालको पक्षपातपूर्ण ब्यवहार, असुन्तुलित व्यवहार अर्थात कसैको अस्थित्वलाई समा