२०७७ माघ ७, बुधबार

गुठु र विद्यापुरमा माओवादी केन्द्रको प्रशिक्षण

सुर्खेत, माघ १८ ।नेकपा माओवादी केन्द्रले मंगलबार पश्चित सुर्खेतका गुठु र विद्यापुर गाविसमा प्रशिक्षण कार्यक्रम गरेको छ ।
पार्टीको जिल्ला सम्मेलनको तयारीका लागि गाउँपालिका अन्तर्गतका वडा सम्मेलनहरु गर्न सुरु गरेको माओवादी केन्द्रले त्यसकै तयारीका लागि मंगलबार प्रशिक्षण कार्यक्रम गरेको हो ।

गुठु गाविसमा पोलिटव्यूरो सदस्य पुष्पा घर्तीको प्रमुख आतिथ्यता र विद्यापुरमा नरबहादुर विष्टको प्रमुख आतिथ्यतामा बैठक तथा प्रशिक्षण कार्यक्रम भएको हो ।

विद्यापुरमा भएको बैठक तथा प्रशिक्षण कार्यक्रमका क्रममा एमाले गाउँकमिटी सदस्य जंगबहादुर सुनारसहित पाँच जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाछन् । माघ २२ गते गुठु र फागुन १ गते विद्यापुरमा सम्मेलन हुने भएको छ ।

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।