२०७७ मंसिर १०, बुधबार

देबुको उपचारका लागि न्यु गौतम आईएमईद्वारा ३५ हजार सहयोग

gautam-1सुर्खेत, माघ १९ ।जाजरकोट थालारैकरका १ का देबु सिंहको उचारलागी लागी सहयोग पुर्याउँन भन्दै बिभिन्न ठाउँवाट सहयोग जुट्न थालेको छ ।

३ महिना अगाडी खुट्टामा अकस्मात गम्भिर समस्या देखीएपछी काठमाडौको नर्भिक अस्पतालमा अपचाररत सिंहको उपचारका लागि सुर्खेतको वीरेन्द्रनगरमा रहेको न्यु गौतम आईएमई सेन्टरले ३५ हजार रुपैया सहयोग गरेको छ ।

सिंहको उपचारमा सहयोग पु¥याउने उदेश्यले न्यु गौतम आईएमईका संचालक केपि गौतमले २५ हजार तथा कार्यरत कर्मचारीहरुको तर्फवाट १० हजार गरी ३५ हजार रकम प्रदान गरे । सिंहको स्वास्थ्य अवस्थाका बारेमा बिभिन्न संचारमाध्याम तथा सामाजिक संजालमा समाचार प्रकाशन भएको देखेर सहयोग रकम प्रदान गरेको बताए ।

समाजमा दुखमा परेकालाई सहयोग गर्नु नै सबै भन्दा ठुलो मानव धर्म रहेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । आईएमईमा कार्यरत कर्मचारी प्रकाश रसाईलीले सिंहको अवस्थाको बारेमा समाचार पढदा मनैदेखी सहयोगको भावना जागेको भन्दै कर्मचारीहरुले पनि सहयोग गरेको बताए ।

सिंहको स्वास्थ्यमा केही सुधार देखिएपनि आर्थिक अभावमा उपचारमा समस्या भएपछी उहाँमा परिवारले सबैसंग सहयोगका लागी आग्रह गरेका थिए । यस अघि सुर्खेतका पत्रकार नवराज शर्माले पनि उपचारका लागी ५ हजार रुपैया सहयोग गरे ।
उनको उपचारका लागि आर्थिक जोहो गर्न अभियाननै संचालन गरिएको छ । अहिलेसम्म २५ लाख बढी रकम उपचारमा खर्च भईसकेको छ भने अझै २० लाख बढी आवश्यक पर्ने भन्दै श्रीमती प्रतिमा सिंहले देशबिदेशमा रहेको नेपालीहरुलाई सहयोग गर्न आग्रह गरे ।