२०७७ मंसिर १६, मंगलवार

प्रधानमन्त्रीद्धारा खिम्ती—ढल्केबर प्रसारण लाइनको उद्घाटन

_DSC0205माघ २०, खिम्ती ।प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले दोलखाजिल्लाको खिम्तीस्थितखिम्ती—ढल्केबर २२० प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ । बिहीबार उर्जामन्त्रीजनार्दन शर्मा ‘प्रभाकर’ सहितखिम्तीपुगेर प्रधानमन्त्रीले प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।

प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदाहर्ष र गर्वको महशुस भएको छ ।

४०० केभी प्रसारण लाइनको कामपनि अघि बढिरहेको छ । तर, २२० केभीहामीले सञ्चालनमाल्याइसकेका छौं, यो हाम्रालागि महत्वपूर्ण विषयहो । यसमा सहयोग गर्ने सबैमाहार्दिक आभार व्यक्तगर्दछु ।’

सरकारले आर्थिक समृद्धिलाई उच्चप्राथमिकतामा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकताकायमगर्ने र विकास आयोजनाहरु समयमै सम्पन्नगर्न अनुगमन र निरीक्षणमा गएको छु । समयभन्दा अघि काम सम्पन्नगर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमाकामनगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोकालागि, राम्रोका लागि, गुणस्तरीयताकालागिप्रतिस्पर्धा गरौं । यसले मात्र देशको मुहार बदल्न सक्छौं ।’

कार्यक्रममाउर्जामन्त्रीजनार्दन शर्मा ‘प्रभाकर’ले उज्यालो नेपालअभियानले जनतामाउत्साह भरेको बताउनु भयो । शर्माले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको निर्देशनमाउज्यालो नेपालअभियानचलाइएको छ । यसको विकास र समृद्धिमा दुरगामीमहत्व छ । उज्यालो नेपालअभियानजनतामाउत्साहभर्ने अभियानहो । यो राष्ट्र निर्माणको अभियानहो, गरे सकिन्छ भन्ने सन्देश पनियसले दिएको छ । हाम्रो सहकार्यले सकारात्मक परिणाम दिएको छ ।’

अहिलेसम्म १३२ केभी प्रसारण लाइनमात्रै सञ्चालनहुँदै आएकोमा नेपालमापहिलोपटक २२० केभीको प्रसारण लाइन सञ्चालनमाआएको नेपालविद्युत् प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा घिसिङले २०६२ माप्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्नभएको, आयोजना सम्पन्नगर्न १ अरब ९५ करोड लगानीभएको तथाविश्व बैंक र नेपाल सरकारको संयुक्तलगानी रहेको र खिम्ती—ढल्केबर प्रसारण लाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युतमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममाउर्जा राज्यमन्त्री सत्यनारायण भगत, सांसदहरु श्यामकुमार श्रेष्ठ, शिबकुमार खड्का, कमला सुवेदी घिमिरे, पूर्व राज्यमन्त्री देवी खड्का, उर्जा मन्त्रालयका सचिवअनुपराजशर्मा लगायतले बोल्नुभएको थियो ।