२०७७ मंसिर १५, सोमबार

जिविकोउपार्जनका लागि डोकेव्यापार

mahila (1)सुर्खेत माघ २० । महिलाहरुले आफ्नो जिविकोउपार्जनका लागि डोके व्यापार गर्ने थालेको छन । घर परिवारमा नुन तेल किन्न धौ धौ हुदा महिलाहरुले डोके व्यवसाय गर्ने लागेका हुन । अधिकंश महिलाहरुले घरमा खाने नुन तेल किन्ने पैसा नहुदा त्यही पिडाले डोके व्यवसाय गर्ने बाध्य भएको बताउ छन ।

हिजो आज महिलाहरु बिहान उठेर तरकारी मन्डीमा पुग्ने गरेको छन । मन्डीबाट लिएर कसैले तरकारी व्यापार गर्ने गर्छन त कसैले फलफूल व्यापार गर्ने थालेको हुन । उनिहरुको दैनिकी फलफूलको डोको बोकेर बजारभरि घुमिरहेको पाइन्छन । कोही फलफूलको डोकाहरु बजारका छेउ छाऊमा डोको रोखेर स्याउ सुन्तला अनार मौसमी लगायतका पलफुल बिक्रि गर्ने लागेका छन । त्यही फलफुल कहिले २ दिन लगाए बिक्रि गर्छन त कोही महिलाहरुले १ दिनमै बिक्रि गर्ने गरेको छन ।

बिहान उठेर खाली डोके बोकेर प्रत्येक बिहान २० केजी देखि २५ केजी सम्म फलफुल लिएर बजार घुमाउदै आएको छन । नुन तेल किन्ने पैसा नभएपछि फलफुल बेच्न सूरु गरेकी सुर्खेत तातापानीकी २८ वर्षकी अन्जु बि.क ५ दिन अघिदेखि फलफुल डोकोमा राखेर बेच्न थालेकी छन । उनले भनिन श्रीमान भारतमा कमाई गर्ने जानु भएको छ । १ महिना भयो कहिले ८ हजार सम्म कमाएर पठाउनु हुन्थ्यो अहिले पठाउनु भएको छैन । छोरा छोरीहरुलाई पढाउनै प¥यो बिहान बेलुका नुन तेल किन्ने पैसा हुदैन त्यही भएर डोकोमा फलफुल बेचेमा केही फाइदा भएमा नुन तेल किन्न सम्म हुन्छ ।

अन्जु आफूले २० केजी स्याउ बेचेर २ सय सम्म फाइदा हुन्छ । आज त बोहनी पनि भएको छैन । यो स्याउ बेच्न दूई दिन लाग्ने भो मन्डीमा कम्प्युटर मेसिनबाट तौलेर ल्याउनु पर्छ । हामीलाई ३ केजी घाटा हुदो रहीछ । उनले भनिन बिहान देखि अहिलेसम्म व्यापार भएन छोरा छोरी पढाउनु पर्छ त्यही खर्चको लागि र नुन तेल किन्ने पैसाको लागि बाध्य भएको बताइन । त्यस्तै अर्की डोके व्यापार गदै आएकी तातापानी सुर्खेतकी लक्ष्मी अधिकारीको पनि दुःख उस्तै छ ।

जिविकोउपार्जनका लागि व्यापार गर्ने थाले त्यही पनि व्यापार हुदैन बजार भरि धेरै जना डोके व्यापार गर्ने थाले आज जम्मा १ केजी मौसमी मात्र बिक्रि गरेको छु । २५ केजी ल्याएको थिए । २५केजी सबै बेचेर २ सय फाइदा हुन्छ । अब यो मौसमी २४ घण्टा लगाएर बेच्नु पर्ने त होला ,केही हुन्छ की बालबाच्चाको विद्यालयको फ्रि तिर्ने र बिहान बेलुका नुन तेल खाने खर्च हुने आशाँमा डोके व्यापार गर्ने लागेको बताइन ।

घरमा ५ जनाको परिवार छ कमाई काँहीबाट हुदैन । अरु केही सम्भावना पनि छैन । पहिला पहिला अलिअलि व्यापार हुन्थ्यो हिजो आज व्यापार सुक्दै गएको उनको गुनासो छ ।