२०७७ मंसिर १४, आईतवार

सिंहको उपचाका लागि १ लाख ३२ हजार रकम संकलन

सुर्खेत, माघ २१ ।जाजरकोटको थालारैकर गाबिस १ का देबु सिंहको उपचारमा सहयोग जुटाउँनका लागी थालिएको अभियानको ५ दिनमा १ लाख ३२ हजार रकम संकलन भएको छ ।

पहिलो चरणमा संकलन भएको १ लाख ३२ हजार २ सय २० रुपैया सम्बन्धित बिरामीको उपचारका लागी काठमाडौ पठाईएको छ । सुर्खेतमा थालिएको अभियानमा बिभिन्न संघसंस्था तथा ब्यक्तिवाट गरी २ सय ७५ ठाउँवाट जनाले सिंहको उपचारका लागी सहयोग रकम उपलब्ध भएको छ ।

सबै भन्दा धेरै वीरेन्द्रनगर ६ मा रहेको न्यु गौतम आईएमईले सिंहको उपचारका लागी ३५ हजार रुपैया सहयोग गरेको छ । यस्तै सुर्खेतका पत्रकार नवराज शर्माले ५ हजार ५,थालारैकर २ का तिलकबहादुर शाहीले ५ हजार,बजेडीचौर सुर्खेतका नैन सिंहले ५ हजार रकम रहयोग गरेकाछन् ।

गएको कार्तिकमा खुट्टामा अकस्मात गम्भिर समस्या देखीएपछी नेपालगंज पुर्याईएकोमा त्येहा सम्भव नभएपछी सिंहलाई काठमाडौको नर्भिक अस्पतालमा भर्ना गरीएको थियो । घरको पैसा सकिएपछी उहाँका श्रीमती प्रतिमाले देश बिदेशमा रहेका नेपालीसंग श्रीमानको उपचारमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

अझै पनि देश बिदेशवाट सहयोगका लागी प्रतिवद्धता भएकाले थप संकलित रकम पछी पठाईने अभियानमा संलग्न राजेन्द्र शाहीले बताए । सिंहको स्वास्थ्यमा केही सुधार देखीएको छ भने अझै कति समय अस्पताल बस्नुपर्छ भन्ने यकिन हुन सकेको छैन ।

सहयोग संकलन अभियानमा तिलक शाही,बिबेक कूमार शाही,नरबहादुर भण्डारी,भिमसिंह,नैन सिंह,देबबहादुर शाही लगायतको सहभागिता रहेको थियो ।