२०७७ मंसिर १०, बुधबार

युवा परिषद्को ग्रामीण युवा उद्यम कार्यक्रम

16506987_1230009327112342_738331418_nसुर्खेत, माघ २३ ।सुर्खेतमा पनि राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रम संचालन गर्ने भएको छ । युवा परिषद्का अध्यक्षहरुको नियुक्त भएपछि केही समय पछि कार्यक्रम सार्वजनि गरिएको हो ।

कार्यालय व्यवस्थापन सहित यो वर्षका लागि नमूना कार्यक्रमका रुपमा युवा उद्यम कार्यक्रम संचालन गर्न लागिएको कार्यालय प्रमुख उपसचिव भोजराज शर्माले जानकारी दिए । कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख शर्माले यो कार्यक्रम अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रका एक÷एक वडा छनौट गरी पाँच÷पाँच लाख रुपैयाँ ऋण दिइने जानकारी दिए । यो रकम पाँच वर्षमा फिर्ता गर्नुपर्नेछ । जसका लागि कुनै ब्याज र धितो आवश्यक पर्ने छैन । तर पहिले यी तीनवटा छनौट गरिने प्रमुख शर्माले बताए ।

यस्तै पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष टेकेन्द्र कुमार बस्नेतले राष्ट्रिय युवा नीति २०७२ अनुसार युवा परिषद् गठन भएको भन्दै अब युवाहरुलाई लागुपदार्थ दुव्र्यसनीबाट मुक्त बनाउन र सामाजिक काममा अग्रसर बनाउनका लागि युवा परिषद्ले काम गर्ने बताए । यो वर्षको कार्यक्रममा समेत समाजका लागि युवाको एक दिन भन्ने कार्यक्रम रहेकोले वर्षको कुनै एक दिन युवाहरुलाई सामाजिक काममा अग्रसर गराउने बताए । युवाहरुलाई अधिकारसंगै दायित्वबोध पनि गराइने उनले बताए ।