२०७७ माघ ४, आईतवार

स्ववियु चुनावसम्म शिक्षा क्याम्पसमा विद्यार्थी संगठनका बोर्ड नराखिने

सुर्खेत, माघ २३ । सुर्खेत क्याम्पस (शिक्षा) का विद्यार्थी संगठनहरु र क्याम्पस प्रमुखबीच आगामी फागुन १४ गते हुने त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई मर्यादिन रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।

आइतबार भएको विद्यार्थी संगठनहरु र क्याम्पस प्रमुखबीचको बैठकले निर्वाचणलाई मर्यादित बनाउनका लागि क्याम्पस हाताभित्र राखिएका विद्यार्थी संगठनहरुहरुले राखेका बोर्डहरु आज (सोमबार) सम्म हटाइसक्ने निर्ण भएको छ । यस्तै फागुन १४ गतेसम्म कुनै प्रकारको त्यस्ता बोर्डहरु नराख्ने निर्णय समेत भएको छ । विद्यार्थी संगठनहरुले राखेका बोर्डहरु आफै नहटाएर मंगलबार सुर्खेत क्याम्पस (शिक्षा) को प्रशासनले आफै हटाउने निर्णय भएको छ ।

स्ववियुको निर्वाचन नजिकिएपछि सुर्खेत क्याम्पस (शिक्षा) लाई केन्द्रित गरेर (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी), नेपाली काँग्रेसको नेपाल विद्यार्थी संगठन र नेकपा (एमाले) को अनेरास्ववियुले प्रचारलाई तीव्र पारेकाछन् ।