२०७७ मंसिर ८, सोमबार

निजामति सेवामा दलितको पहुँच बढाउन सुझाव

सुर्खेत, माघ २३ । निजामति सेवामा दलितको पहुँच नहुँदा दलितहरु सरकारी सेवासुविधा उपभोगबाट बञ्चित भएकोले सो क्षेत्रमा अव युवाहरुले पहुँच बढाउनुपर्ने सुझाव दिइएको छ ।

निरन्तर मेहेनत गरे निजामति सेवामा प्रवेशमा कुनै कठिनाइ नभएको हँुदा अव दलित युवाहरुले पनि पहुँच बढाउनुपर्ने बताइएको छ । उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान समितिले दलित समुदायका विद्यार्थीका लागि लोकसेवा आयोगको नासु स्तरीय परीक्षाको निःशुल्क तयारी कक्षाको आइतवार समापनका क्रममा दलित विद्यार्थीहरुलाई सो सुझाव दिइएको हो ।

जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले निजामित सेवामा दलितहरुको उपस्थिति ज्यादै न्यून भएको बताउँदै यस्ता तयारी कक्षाले अव पहँुच बढाउन सक्ने विश्वास व्यक्त गरे । उनले यसपटक सहभागी ९२ जनामध्ये कम्तीमा २० जना उत्तीर्ण हुनुपर्नेमा पनि जोड दिए ।

जिविस सुर्खेतको दलित समन्वय समितिका उपाध्यक्ष भीमबहादुर शाही परियारले निजामित क्षेत्रमा दलितहरुको पहुँच बढाउनका लागि बर्षेनी निःशुल्क तयारी कक्षाहरुको आयोजना गरिएको बताए । उनले यस्ता कक्षालाई अवसरको रुपमा लिएर निजामति क्ष्ँेत्रमा प्रवेश गर्न दलित युवाहरुलाई आव्हान गरे ।

कार्यक्रममा दलित अगुवा बसन्त विक, तयारी कक्षामा सहभागी चन्द्रबहादुर नेपाली, उषा कुरेल, सुर्खेत कम्प्यूटर इन्ष्टिच्यूटका संचालक खगिसरा शाहीले सुझाव दिएका थिए । गत पुस ९ गतेदेखि सुरु भएको कक्षामा ६ नं. प्रदेशका विभिन्न जिल्लाबाट गरी ९२ जना दलित विद्यार्थीहरुको उपस्थिति थियो