२०७७ माघ ७, बुधबार

कस्तो बनाउने पत्रकार महासंघ ?

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूको छाता संगठन हो । यसमा सबै आस्था र विचारका पत्रकारहरू आवद्ध रहेका छन् । पत्रकारिता यसै पनि समाजको सचेत र वौद्धिक वर्गले अपनाउने पेसा भएकोले यसको नेतृत्वमा पुग्न सबै लालायित हुन्छन् ।

kamlesh dc राजनीतिक दलहरू पनि पत्रकार महासंघको नेतृत्व आफ्नो पक्षको संगठनले कब्जा गरोस् भन्ने चाहन्छन् । फागुन १२ गते पत्रकार महासंघ सुर्खेत शाखाको अधिवेशनको मिति तोकिएको सन्दर्भमा जिल्लाको नेतृत्व कसले हत्याउने भन्ने दौडमा सबै आ–आफ्नो हैसियतअनुसार लागिरहेको देखिन्छ ।

कुनै पनि संस्थाको अधिवेशनको संघारमा यस प्रकारका अभ्यासहरू हुनु कुनै अनौठो पनि होइन । आगामी नेतृत्व कस्तो छान्ने भन्ने सवालमा छलफल गर्दा यसको अतितलाई स्मरण गर्नु पनि सान्दर्भिक हुनेछ । २०४९ सालमा चिरन्जीवी अर्यालको अध्यक्षतामा सुर्खेतमा महासंघको शाखा स्थापना भएको थियो । स्मिित संचार माध्यमहरू भएको तत्कालीन अवस्थामा अर्यालले महास ंघलाई स्थापित गराउन उल्लेखनीय कार्यहरू गरेका थिए । त्यसपछि जिल्लाका प्रतिष्ठित व्यक्तित्व पीताम्बर ढकालको अध्यक्षतामा सहमतिमा नै कार्य समिति बनेको थियो ।

आगामी नेतृत्व कस्तो छान्ने भन्ने सवालमा छलफल गर्दा यसको अतितलाई स्मरण गर्नु पनि सान्दर्भिक हुनेछ । २०४९ सालमा चिरन्जीवी अर्यालको अध्यक्षतामा सुर्खेतमा महासंघको शाखा स्थापना भएको थियो । स्मिित संचार माध्यमहरू भएको तत्कालीन अवस्थामा अर्यालले महासंघलाई स्थापित गराउन उल्लेखनीय कार्यहरू गरेका थिए ।

प्राज्ञिक तथा वौद्धिक व्यक्तित्व ढकालको नेतृत्वमा महासंघको संस्थागत विकासमा महत्वपूर्ण गतिविधिहरू सचालन भएका थिए । २०५६ मा आइपुग्दा महासंघको नेतृत्वमा पुग्न प्रतिष्प्रधा सुरू भैसकेको थियो । त्यतिबेला बडो मुश्किलले निर्वाचन टर्यो र कमलेश डि.सी. को अध्यक्षतामा महासंघको नेतृत्व चयन भयो । मुलुकमा माओवादी विद्रोह फैलिंदै गएको र त्यसलाई दमन गर्न राज्य पनि उत्तिकै खरो रूपमा उत्रिएको अवस्थामा नेपाली प्रेस दोहोरो हिंसाको चपेटामा पर्ने स्थिति बनिरहेको थियो । त्यसबेला महासंघको स्वतन्त्र अस्तित्व कायम राख्न निकै कठिन थियो । त्यसपछिको अधिवेशनमा भने महासंघमा पहिलो चोटी निर्वाचनको स्थितितयार भयो ।

कमलेश डि.सी. र भानुभक्त भारतीका बीच प्रतिष्प्रधा भयो । पुनः कमलेश डि.सी. नै निर्वाचित भएपछि उनको कार्यकाल २०६१ सम्म रह्यो । यो अवधीमा अन्तराष्ट्रिय समुदायले नेपाल पत्रकारहरूको लागि जेलखाना हो भन्ने प्रतिवेदनहरू सार्वजनिक गरिरहेका थिए । सशस्त्र द्वन्द्वको पीडा आम नागरिकभन्दा पत्रकारहरूले बेशी भोग्नु परेको थियो । आफ्नो कर्तव्य निर्वाह गर्न पत्रकारहरूलाई अत्यन्त जोखिमपूर्ण अवस्था थियो । पत्रकार दुर्गा थापाको अपहरण यसै अवधिमा भएको थियो भने दैलेखमा डेकेन्द्र थापाको त अपहरणपछि हत्या नै भयो ।

यहा“ महासंघको संयोजन र पहलमा दुर्गा थापालाई सकुशल उद्धार गर्न सफल भइयो । त्यतिबेला महासंघको सिमित स्रोतमा पहिलो पटक आफ्नो खपत्र संचार पथ प्रकाशन गर्न प्रारम्भ गरियो जुन अहिले पनि निरन्तर छ । दुई पटक पत्रकारहरूलाई उत्साहित गर्न उत्कृष्ट पत्रकारिता पुरस्कार पनि प्रदान गरियो । पत्रकार यादव देवकोटा र लीलाधार गौतमलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको थियो । आर्थिक अभाव र त्यतिबेलाको प्रतिकूल अवस्थामा यसलाई निरन्तरता दिन सकिएन । महासंघको पा“चौ अधिवेशन पनि निर्वाचनकै प्रक्रियाबाट अघि बढ्यो ।

भानुभक्त भारती र मोती पौडेलबीच प्रतिस्पर्धा हुँदा मोती पौडेल निर्वाचित भए र उनको कार्यकालमा पनि महासंघले आफ्नो परिभाषित कार्यहरू गर्न सफलभयो । यो अवधीमा देशमा दोस्रो जनआन्दोलन पनि भैरहेको अवस्था थियो । त्यतिबेला महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसपछि पत्रकारकहरू श्रीधर पौड्याल र दुर्गा थापाको नेतृत्वमा पनि महासंघले सफल र सक्रिय सामाजिक तथा पेशागत संगठनको रूपमा आफ्नो भूमिका निर्वाह गर्यो । वर्तमानमा युवा र सृजनशील व्यक्तित्व गणेशकञ्चन भारतीको नेतृत्वमा महासंघ झन् गतिशील र प्रभावशाली बनेको छ । यस अवधिमा महासंघले आफ्नो मर्यादा र गरिमा झन् उच्च बनाएको छ ।

आर्थिक तथा पूर्वाधार विकास तथा सहकार्य र सामाजिक सम्बन्धको विकासमा महासंघ यस अवधिमा अब्बल नै ठहरिएको छ । आगामी नेतृत्वले वर्तमान नेतृत्वबाट धेरै कुरा सिक्नु पर्नेछ । नया“ नेतृत्व चयन गर्ने सम्बन्धमा जिल्लाका अग्रज पत्रकारहरू र व्यवसायिक पत्रकारहरूका बीच संवाद र छलफल गरेर राम्रो विकल्प निकाल्न सकिन्छ । पत्रकारहरू समाजका मार्ग निर्देशक पनि भएकोले समाजलाई नमुना बनेर देखाउन पनि सक्नु पर्दछ । विगतका कतिपय निर्वाचनहरू नामका मात्र निर्वाचन थिए ।

अर्को शब्दमा भन्दा ती सहमतीय निर्वाचन थिए । अहिले पनि सर्व स्विकार्य व्यक्तिको खोजी गरेर सहमतिमै नेतृत्व छान्न सकिने आधारहरू छन् । महासघको साझा चरित्रलाई जोगाउन र यसको गरिमालाई अझ उचाईमा पुर्याउन अधिकतम सहमति गर्ने प्रयत्न गरियो भने असम्भव छैन । त्यसको लागि सबै पक्षले उदार र फराकिलो दृष्टिकोण बनाउनु पर्दछ । महासंघको गौरवपूर्ण इतिहास र प्रतिष्ठालाई जोगाएर लैजान सक्ने नेतृत्व छान्न सबैले आफ्नो कर्तव्य ठान्न सकियो भने आगामी अधिवेशन सबैको लागि उदाहरणीय बन्न सक्छ ।