२०७७ मंसिर १०, बुधबार

खानीखोला र तातापानीमा माओवादी केन्द्र

सुर्खेत, माघ २६ ।  आगामी फागुन २१ र २२ गते हुने जिल्ला सम्मेलनमा जुटेको माओवादी केन्द्रले गाउँपालिका अन्तर्गतका वडा सम्मेलन गरिरहेको छ ।

28af7511-638_smallयसैबीच सिम्ता गाउँपालिका अन्तर्गतको खानिखोलामा पनि सम्मेलन गरेको छ । जिल्ला इन्चार्ज नरबहादुर विष्ट, संयोजक कृष्ण जिसी, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य ठम्मर विष्ट, लोकेन्द्र राना लगायतको उपस्थितिमा भएको सम्मेलनले नयाँ समिति चयन गरेको छ ।

प्रेमबहादुर सुनारको अध्यक्षतामा गठन भएको १७ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा मनोज सुनार, सचिवमा रेशम खत्री, सहसचिवमा पारसमणि थापा र कोषाध्यक्षमा नरी रावल चयन भएकाछन् । यस्तै पाँच सदस्यीय सल्लाहाकार समिति पनि चयन गरिएको छ । हेमबहादुर चन्दको संयोजकत्वको सल्लाहाकार समिति सदस्यहरुमा हेमबहादुर सुनार, प्रेम विक, नरवीर सुनार र दीपककुमार राना रहेकाछन् ।

खानीखोलामा भएको कार्यक्रममा ३६ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमालेका स्थानीय नेता देवबहादुर बस्नेतको नेतृत्वमा एमालेबाट र अन्य नेपाली काँग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेको नवनिर्वाचित अध्यक्ष सुनारले जानकारी दिए ।

यसैबीच मंगलबार पश्चिम सुर्खेतको साविकको तातापानि गाविसमा पनि सम्मेलन भएको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिए । तातापानिमा जिल्ला इन्चार्ज नरबहादुर विष्टको प्रमुख आतिथ्यता तथा सयोजक कृष्ण जिसी, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य नविन विक, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव केशव शाही लगायतको उपस्थितिमा सम्मेलन भएको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिका भित्रका वडाहरुमा पनि वडा सम्मेलन मंगलबारबाट सुरु भएको माओवादी केन्द्र सुर्खेतले जनाएको छ ।