२०७७ माघ ३, शनिबार

क्रान्तिकारीद्वारा पठनपाठन सुरु गर्न माग

सुर्खेत, माघ २६ । मध्यपश्चिमाञ्चल विश्वविदालय अन्तर्गत इन्जिनियरिङ संकाएका विभिन्न सेमेष्टरहरुमा पठनपाठन सुरु नै नभएको भन्दै अखिल (क्रान्तिकारी) ले तत्काल पठनपनठन सुरु गर्न माग गरेको छ ।

imagesअखिल (क्रान्तिकारी) इन्जिनियरिङ संकायका अध्यक्ष सुरेन्द्र महत लगायतको टिमले पठनपाठन सुरु गर्न माग गर्दै क्याम्पस प्रमुखको कार्यालय, डीन कार्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

क्रान्तिकारीले पठनपाठन हुन नसकेका सेमेष्टरका विभिन्न विषयहरुको पठनपाठन सुरु गर्नुपर्ने, लिखित परीक्षा पास गरी अन्तरवार्तामा छनाँैट भएका प्रशिक्षकको अन्तरवार्ता नै नलिई प्रशिक्षकको छनौट प्रक्रिया बीचमा अवरोध गरेकोले तत्काल अन्तरवार्ता लिएर छनौट गर्नुपर्ने, कार्यक्षमता, दक्षता, कुशलता र बरियताक्रम अनुसार क्याम्पस प्रमुखको नियुक्ति गर्नुपर्ने, शैक्षिक वर्ष २०७३÷०७४ को पात्रो निर्माण गरी सोही अनुसार पठनपाठन, परीक्षा संचालन र नतिजा प्रकाशन गर्नुपर्ने माग उनीहरुले राखेकाछन् ।

यस्तै जम्मा विद्यार्थी कोटा मध्ये ५० प्रतिशत विद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था गर्नुपर्ने, प्रथम सेमेस्टरका लागि ड्रइङ हल निर्माण गर्नुपर्ने, इन्जिनियरिङ संकायका लागि गाडिको व्यवस्था गर्नुपर्ने, लाइव्रेरीमा कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, विश्वविद्यालयका गाडिमा मप विश्वविद्यालयको लागो राख्नुपर्ने, इन्जिनियरिङ काउन्सिल तत्काल दर्ता गर्नुुपर्ने र प्राध्यापक, शिक्षक, कर्मचारीको स्थायीत्वको लागि विश्वविद्यालय सेवा आयोगबाट गरिएको विज्ञापन एक वर्षसम्म परीक्षा संचालन नभएकाले तत्काल परीक्षाको मिति तोकी परीक्षा संचालन गर्नुपर्ने माग अखिल (क्रान्तिकारी) ले गरेको छ ।