२०७७ मंसिर २०, शनिबार

कालोपट्टी बाँधेर काम गर्दै कर्मचारी

सुर्खेत, माघ २६ । देशभरजस्तै सुर्खेतमा पनि स्थानिय निकायका कर्मचारीहरुले आज कालोपट्टी बाँधेर कार्यालयमा काम गरेका छन् । राज्य पुर्नसंरचनामा समेत कर्मचारीहरुबीचमा रहेकाविभेदहरुको अन्त्य र समायोजनमा सरकार गम्भिर नभएको भन्द्यै उनीहरुले यस्तो गरेका हुन् ।

black
                                         तस्विर : गुगलबाट

जिल्लामा रहेका सबै नगरपालिका, जिल्ला विकास समिति र गाउँ विकास समितिमा काम गर्ने स्थानिय निकायका कर्मचारीहरुले आजबाट दैनिक रुपमा कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन् ।  संघर्ष समिति सुर्खेतका प्रवत्ता कुलबहादुर खड्काले स्थानिय निकायमा कार्यरत सबै प्रकारका कर्मचारीहरुको उचित समायोजन नहुनेबेलासम्म सशक्त आन्दोलन सञ्चालन गर्ने जानकारी दिए ।

उनले राज्यले स्थानिय निकायमा काम गर्ने कर्मचारीहरुको माग सुनुवाई नगरेमा स्थानिय निकायमा काम गर्ने निजामति कर्मचारीहरुलाई कार्यालय प्रवेश गर्न समेत रोक लगाउने र मन्त्रालयमा फिर्ता पठाउने बताए ।

अहिले पनि स्थानिय निकायमा कार्यरत दुई प्रकारको कर्मचारीहरु काम गरीरहेका छन् । निजामित कर्मचारी र स्थानिय निकायका कर्मचारीबीचमा राज्यबाटै पुर्नसंरचनाको बेलामा समेत उचित ध्यान नदिनु आफैमा विभेदको नमूना रहेकोले आन्दोलन थालिएको संघर्ष समिति सुर्खेतले जनाएको छ ।

एउटा राज्यमा दुई प्रकारको कर्मचारी तन्त्रको अन्त्यका लागि देशभरका स्थानिय निकायका कर्मचारीहरु अहिले आन्दोलनमा रहेका छन् ।

आन्दोलनका कार्यक्रम अन्र्तगतमाघ २३ र २४ गते स्थानियनिकायकाकार्यालय प्रमुख, स्थानियविकास अधिकारी र प्रमुखजिल्लाअधिकारीमार्फत संघीय मामिलातथा स्थानियविकास मन्त्रालयमा ज्ञापन पत्रबुझाउने, २५ र २६ गते सम्पूर्ण स्थानियनिकायमाकार्यरत कर्मचारीहरुले कालोपट्टी बाँधेर कामगर्ने, साथै स्थानियनिकायकामागहरुको बारेमा राजनैतिकदल, स्थानियनिकाय सम्वद्ध संघ, महासंघ, अन्य पेशागत संघ संगठन, आधिकारीक टेड यूनियनलगायत सरोकारवालाबीच केन्द्रीयतथाजिल्लास्तरमा छलफल कार्यक्रमआयोजना गर्ने, २७गते कालोपट्टी बाँधेर १ घण्टा पेन डाउन गरी कार्यालयमाधर्ना दिने, २८ गते कालोपट्टी बाँधेर विहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा पेन डाउन र धर्ना दिने र फागुन १ गते पुरै स्थानियनिकायका सेवाहरु बन्दगर्ने जनाईएको छ ।