२०७७ माघ ९, शुक्रबार

सुन्दर बजारको फोहोर नाला

सुर्खेत माघ २७।  यहाँको वीरेन्द्रनगर बजार बनोटका हिसाबले सुन्दर छ । छोटोछोटो दुरीको फरकमा सडकहरु छन् । जसले गर्दा बजारमा जाम पनि कमै हुन्छ । तर बजार क्षेत्रमा केही ठाउँमा सडक साना छन् । त्यो भन्दा त समस्या नालाको छ । बजार सुन्दर हुँदाहुदै पनि नाला फोहोर छन् ।

dartyवीरेन्द्रनगरको मुटुमा रहेको बजार क्षेत्रका सडकहरुमा हिँड्न्पर्दा बटुवाहरुले छिछि गर्दै नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको छ । प्रदेश न ६ को सम्भावित राजधानिका रुपमा रहेको वीरेन्द्रनर बजारलाई नयाँ अवधारणा अनुसार नगरपालिकाको कार्यालयले समेत सुन्दर बनाउने निर्णग गरेको छ । तर बजार क्षेत्रका नालाहरुमा दुर्गन्ध फैलिएको छ । यसले नागरिकहरुमा प्रतिकुल असर पार्नुका सार्थ बजारको सौन्दर्यमाथी पनि असर गरेको छ ।

फोहोर व्यवस्थापनमा नागरिकहरु र सरोकारवालाहरुले ध्यान नदिदा यो समस्याले निरन्तरता पाएको हो । मुख्य सरोकारवाल निकायका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले समेत दीर्घकालिन समाधानका उपाय ननिकाल्दा बजार क्षेत्रमा दुर्गन्धित बढेको हो । नागरिकहरुले पनि जानिजानि फोहोर बस्तुहरु जहापायो त्यही विर्सजन गर्दा नाला बन्द हुने समस्या देखिएको छ ।

नालाहरुमा घरायसी फोहोर बस्तु,खतरकारीका पात, प्लास्ष्टिका टुक्राहरु जताततै फालिएको देख्न सकिन्छ । बजार व्यवस्थापन गर्ने नगरपालिकाले समेत नागरिकहरुलाई सचेत गराउन सकेको छैन । नगरपालिकाले चेतावनी पूर्वक फोहोर गर्नेहरुलाई सचेत नगराउदा पनि यो समस्याले निरन्तरता पाएको अन्य सरोकारवालाहरुको भनाई छ ।

बजारका व्यवसायीहरुले आफनो पसल अगाडिको फोहोर महिनाको ५० रुपैया तिरेर फोहोर उठाउने सहमति गरेपनि व्यवथपन हुन सकेको छैन । अधिकांश व्यवसायीहरुले नगरपालिका कार्यालयले वार्षिक रुपमा ५ सयदेखि व्यवसायअनुसार १५ सयसम्म नगरपालिकामा कर बुझाउने गरेका तर नगरपालिकाले खासै फोहोर व्यवस्थापनमा चासो नदेखाएको गुनाशो समेत गर्ने गरेकाछन् ।

बजारमा लामो समयदेखि नउठाएको र नालाहरु सफा नगर्दा समस्या दिनप्रति दिन बढदै गरेको स्थानीहरु र व्यवसायीहरु बताउदै आएका छन । वीरेन्द्रनगरमा व्यवसाय गदै आएका व्यवसायी भुपेन्द्र थापा मगरले लामो समयसम्म पनि नालाको फोहोर नउठाइदा समस्या भएको गुनासो गरे ।

उनले –‘कहिले काँही आफनो पसल अगाडिको फोहोर आफै सफा गर्छु, नाला भरिएको हुन्छ, दुर्गन्ध फैलिएको हुन्छ, सबै सफा गर्न सम्भव नै हुँदैन, सरोकारवालाहरुको वास्था छैन ।’’ उनले भने सबै भन्दा बढि फोहोर घरायसी फोहोर भात, तरकारी फलफूलका फोहोर बालुवा गिटीहरुले गर्दा नालाहहरु बन्द हुने गरेको बताए ।

आफूहरुले नगरपालिकाले कर तिर्ने गरेको तर फोहोर व्यवस्थापनमा नगरपालिकाले समेत चासो नदिएको थापाको भनाई छ । यस्तै अर्का व्यवसायी गोपाल बुढाले आफूहरुले मासिक रकम उठाएर नगरपालिकालाई बुझाएपनि फोहोरको वयवस्थापन हुन नसकेको बताए । पहिलाका वर्षहरुमा प्रत्येक शनिवार फोहोर सफ गर्ने गरेको भएपनि उक्त अभियान पनि बन्द भएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको पहलमा नगरसरसफाई अभियान सुरु गरिएको भएपनि अहिले अभियान बन्द भएको छ । खासगरी नागरिकहरुलाई आफै फोहोर व्यवस्थापनमा अग्रसर गराउनका लागि यो अभियान सुरु गरिएको भएपनि नागरिकहरुले त्यसलाई आत्मसाथ गरेकाछैनन् ।

यता वीरेन्द्रनगर नगरपालिकाको कार्यालयकी सरफाई वरिष्ठ सहायक टीकाकुमारी थानीका अनुसार नगरपालिका कार्यालय सुर्खेतले ग्रिन सिटी सेवा नेपाललाई २०७० सालमा सम्झौता गरेर नालाको फोहोर व्यवस्थापन गरिरहेको बताइन। मुख्य सडकहरुमा महिनाको २ पटक सरफाई गर्ने र सहायक सडक खण्डमा महिनाको १ पटक सरफाई गर्ने भनेर सम्झौता भएको समेत उनको भनाई छ ।

उनले मुख्य समस्या भनेको व्यवसायीहरुले नै आफनो पसल अगाडिको फोहोरलाई नालामा फाल्ने भएपछि समस्या भएको बताइन ।