२०७७ माघ ३, शनिबार

छुवाछुत अन्त्य सम्वन्धी जिल्ला समन्वय समितिको वैठक

xuwaxuta
तस्विर : गुगलबाट

सुर्खेत, माघ २७ । जातीय भेद्भाव तथा छुवाछुत सम्बन्धी जिल्ला समन्वय समितिको बैठक बुधबार यहाँको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

बैठकले जातीय भेदभाव तथा छुवाछुत अन्त्य सम्वन्धी प्रचार प्रसार र जनचेतनाका लागि दलित कानुन र ऐनको विषयवस्तु समेटी फेलेक्स पिन्ट जिल्ला स्थित सरकारी कार्यालय, नगरपालिका, गाविस, तथा सरकारी कार्यालयमा सवैले देखिने गरी राख्ने निर्णय गरेको छ ।

यस्तै जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार कार्यविधि २०७३ को वुंदा ५।२ च को व्यवस्था वमोजिम दलितको हक संरक्षण र हित प्रवद्र्धनको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालयहरुमा दलित हेल्प डेस्क स्थापना गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले नेपाल सरकार गृहमन्त्रालय च.न. १०८ मिति २०७३ माघ १२ गतेको प्राप्त पत्र वमोजिम मिति २०७३ पौष १८ गते सम्माननीय प्रधानमन्त्री ज्यूको संयोजकत्वमा वसेको उच्च स्तरिय समिति र समन्वय समितिको संयुक्त वैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।